ठगी मुद्धाको वयान लिन प्रहरीले कपिल शर्मालाई बोलायो

ठगी मुद्धाको वयान लिन प्रहरीले कपिल शर्मालाई बोलायो
शुक्रबार, पुस २४, २०७७

भारतको मुम्बई प्रहरीले बलिउड अभिनेता तथा कमेडियन कपिल शर्मालाई सोधपुछकालागी बोलाएको छ ।

भारतको क्रिमिनल इन्टेलिजेन्स यूनिटले कपिललाई सोधपुछ गर्न बोलाएको हो ।

नक्कली दर्ता भएका कारको जफतका क्रममा कमेडियन कपिल शर्मासमेत मुछिएपछि क्रिमिनल इन्टेलिजेन्स यूनिटले उनलाई सोधपुछकालागी बोलाएको बताएको छ । कार डिजाइनर दिलीप छाबडीयाकाविरुद्ध परेको ठगी मुद्दामा क्रममा कपिल शर्माले समेत उनीविरुद्ध मुद्दा दर्ता गराएका छन् । जसमा कपिललाई बयानका क्रममा बोलाएको हो ।

यस घटनाबारे अहिलेसम्म कपिलले कुनै प्रतिकृया सार्वजनिक गरेका छैनन् । उनी आफ्नो पपुलारीटीमा आँच नआवोस् भनेर यस बिषयमा नबोलेको भारतीय मिडियाले बताएका छन् । उनको ’द कपिल शर्मा शो’ नामक कार्यक्रम विश्वभर लोकप्रिय मानिन्छ ।