आज सुनको मूल्य तोलामा ८०० रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ? 

आज सुनको मूल्य तोलामा ८०० रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ? 
सोमवार, पुस २७, २०७७

काठमाडौं– साताको  पहिलो दिन तोलामा २३ सयले घटेको सुनको मुल्य आज पनि ८ सय रुपैयाँले घटेको छ ।

सोमबारका लागि छापावाल सुनको भाउ तोलाको ९२ हजार २०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो आइतबार तोलाको ९३ हजार रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनको भाउ पनि तोलामा ८०० ले घटेर तोलाको ९१ हजार ७०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । हिजो तोलाको ९२ हजार ५०० कायम भएको थियो ।

यस्तै, चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँले घटेर १२ सय ३० रुपैयाँमा आइपुगेको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको भाउमा गिरावट आएसँगै स्थानीय बजारमा पनि सुनचाँदीको भाउ घटेको महासंघले जनाएको छ ।