अमेरिकी राष्ट्रपति ट्रम्पविरूद्ध महाअभियोग प्रस्ताव पेस

काठमाडौँ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरूद्ध संसदको तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्समा महाअभियोग प्रस्ताव पेस भएको छ ।
‘दंगालाई प्रोत्साहन गरेको’ आरोपमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध डेमोक्रेटिक पार्टीले अमेरिकी संसद्मा महाभियोग प्रस्ताव पेस गरेको हो । महाभियोग प्रस्तावमा ट्रम्प अमेरिकी संसद्मा भएको हिंसा भड्काउन सक्रिय रुपमा लागेको उल्लेख गरिएको छ ।
उक्त प्रस्तावमाथि तल्लो सदनमा छिटोमा मङ्गलबार मतदान हुन सक्ने बीबीसीले जनाएको छ ।
हाउस अफ रेप्रिजेन्टेटिभ्सका सभामुख न्यान्सी पेलोसीले ट्रम्पका कारण अमेरिकी प्रजातन्त्र र संविधानमाथि तत्काल खतरा रहेको बताएकी छन्।
आपराधिक गतिविधिको मतियार बनेको भन्दै डेमोक्र्याटहरूले जनवरी २० तारिखमा पदावधि सकिनुअघि नै ट्रम्पलाई राष्ट्रपति भवनबाट निकाल्न चाहेका छन् ।
त्यसको निम्ति उनीहरूले पहिलो प्रयास अमेरिकी संविधानको व्यवस्था अनुसार ट्रम्पलाई पदमुक्त गर्न उपराष्ट्रपति पेन्सलाई दबाब दिएका छन् ।
यो प्रक्रिया सफल भएमा कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी उपराष्ट्रपतिमा आउँछ ।
उपराष्ट्रपति पेन्स ट्रम्पलाई हटाउन तयार नभएमा महाभियोग प्रस्तावमा बुधवार छलफल सुरु हुने जनाइएको छ ।
तल्लो सदनबाट ट्रम्पमाथि महाभियोग लगाइएमा उनलाई दोषि ठहर्याउने या नठहर्याउने भन्ने विषय माथिल्लो सदन सिनेटमा प्रस्तुत हुनेछ।
राष्ट्रपति ट्रम्पलाई महाभियोग लगाएर हटाउन सभामुख नान्सी पेलोसीले जोड दिएकी छिन् । डेमोक्रेटिक पार्टीले राष्ट्रपति ट्रम्पले विद्रोह गरेको र भीडलाई हिंसात्मक क्रियाकलाप गर्न उक्साएको उल्लेख गर्दै महाभियोग वा अमेरिकी संविधानको २५औं संशोधनबाट पदबाट हटाउनुपर्ने बताउँदै आएको छ ।
कार्यकाल सकिनु ८ दिनभन्दा अघि संसद्मा महाभियोग प्रस्ताव पेस भएकाले पनि यो प्रक्रिया पूरा हुन्छ हुँदैन भन्नेमा भने शंका व्यक्त गरिएको छ ।
उक्त प्रस्तावमाथि तल्लो सदनमा छिटोमा मङ्गलबार मतदान हुन सक्ने बीबीसीले जनाएको छ ।
हाउस अफ रेप्रिजेन्टेटिभ्सका सभामुख न्यान्सी पेलोसीले ट्रम्पका कारण अमेरिकी प्रजातन्त्र र संविधानमाथि तत्काल खतरा रहेको बताएकी छन्।
आपराधिक गतिविधिको मतियार बनेको भन्दै डेमोक्र्याटहरूले जनवरी २० तारिखमा पदावधि सकिनुअघि नै ट्रम्पलाई राष्ट्रपति भवनबाट निकाल्न चाहेका छन् ।
त्यसको निम्ति उनीहरूले पहिलो प्रयास अमेरिकी संविधानको व्यवस्था अनुसार ट्रम्पलाई पदमुक्त गर्न उपराष्ट्रपति पेन्सलाई दबाब दिएका छन् ।
ट्रम्पमाथि महाअभियोग लगाइएको यो दोस्रो पटक हो। यसअघि पनि ट्रम्पले महाभियोग सामना गरेका थिए । तर उनीविरुद्धको महाभियोग प्रस्ताव पास भएको थिएन ।
अमेरिकी संविधानबमोजिम ट्रम्पलाई महाभियोग लगाएर हटाउनका लागि संसदमा मतदान हुनुपर्छ । त्यसमा अमेरिकी संसद्को दुई तिहाई मतले उनीविरुद्धको अविश्वास प्रस्तावमा मतदान गर्नुपर्नेछ । त्यसका लागि ट्रम्पकै पार्टी रिपब्लिकनका अधिकांश सांसदहरुले पनि उनीविरुद्ध मत दिनुपर्ने अवस्था आउनेछ ।
यदि उक्त प्रक्रिया अघि बढेमा ट्रम्प अमेरिकी इतिहासमा दुई पटक महाअभियोगको सामना गर्ने पहिलो राष्ट्रपति हुनेछन् । त्यो सम्भव हुनका निम्ति महाअभियोगको आरोप तल्लो सदनबाट पारित हुनुपर्नेछ । तल्लो सदनबाट पारित भएपछि मात्र उक्त प्रस्ताव सिनेटमा जानेछ, जहाँ राष्ट्रपतिलाई हटाउन दुईतिहाइ मत आवश्यक हुन्छ ।
बाइडेनले जनवरी २० मा पदभार ग्रहण गर्दै छन् । ट्रम्पले बाइडेनको शपथ ग्रहण समारोहमा आफू उपस्थित नहुने बताइसकेका छन् ।
-
झापामा एम्बुलेन्स र अटो ठोकिँदा दुई जनाको मृत्यु
-
वैदेशिक रोजगारः दुई लाख फर्किदा, ४० हजार मात्र जान पाए
-
चोरको आँखा पल्सरमाः काठमाडौँमा दैनिक ४–५ वटा मोटरसाइकल चोरी
-
सप्तरीमा आगलागीमा परि चार घर नष्ट
-
घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?
-
प्रतिनिधि सभा निर्वाचनका लागि ८ अर्ब खर्च लाग्ने अनुमान
-
सवारी दुर्घटनामा तीनजनाको मृत्यु
-
प्रधानमन्त्री कप पुरुष क्रिकेट : दुईवटा खेल जारी
-
कोरोनाको खोपको लागि ‘ड्राई रन’को तयारी
-
त्रिविमा बेथितिः तलबमा वार्षिक ४ अर्बभन्दा बढी खर्च
-
रोजगारीका लागि ६ महिनामा बाहिरिए ७२ हजार नेपाली
-
नयाँ पाठ्यक्रम २०८० सम्ममा कार्यान्वयन
-
यस्तो रहने छ आजको मौसम
-
टोटेनहमको शानदार जित, लिभरपुल र म्यानचेस्टर युनाइटेड बराबरीमा रोकिए
-
अफगानिस्तानको सर्वोच्च अदालतका दुई न्यायाधीशको गोली हानी हत्या
-
जनकपुर जान प्लेन चडेका यात्रुलाई बुद्ध एयरले पुर्यायो पोखरा
-
‘आदमखोर’ बाघ : गुडिरहेको मोटरसाइकल पछाडि बसेकी महिलालाई झम्टिएर मार्यो
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ पुस २४ गते शुक्रबार )
-
पाँच तस्वीरमा हेर्नुस् प्रदेश १ का मुख्यमन्त्री राईले विहे गर्न लागेकी यी मोडेल
-
पार्टी एकतामा देखिएको समस्याका मूल कारक ओली नै हुन- नेकपा उपाध्यक्ष गौतम
-
नेपाली सेनाले खुलायो विभिन्न ११ पदमा दरखास्त (सूचनासहित)
-
गृहमन्त्री थापालाई भेट्न मन्त्रीनिवास पुगे प्रचण्ड
-
मौसम : आज काठमाडौंसहित एक-दुई स्थानमा वर्षाको सम्भावना
-
‘राष्ट्रपतिको तागत यिनीहरूले बुझेकै छैनन्, उहाँले इमर्जेन्सी पनि लगाइदिन सक्नुहुन्छ’
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ पुस २५ गते शनिबार )
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ पुस २० गते सोमबार )
-
टिकटक बनाउनेको भिड बढेपछि बन्द हुने भयो न्यूरोडको छाता सडक
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ माघ १ गते विहीबार )
-
बिहान खाली पेटमा भुलेर पनि खानु हुँदैन यी ६ खानेकुरा
-
जब जनकपुर उडेको जहाज पोखरा पुग्यो
-
झापामा एम्बुलेन्स र अटो ठोकिँदा दुई जनाको मृत्यु
-
वैदेशिक रोजगारः दुई लाख फर्किदा, ४० हजार मात्र जान पाए
-
चोरको आँखा पल्सरमाः काठमाडौँमा दैनिक ४–५ वटा मोटरसाइकल चोरी
-
सप्तरीमा आगलागीमा परि चार घर नष्ट
-
घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?
-
प्रतिनिधि सभा निर्वाचनका लागि ८ अर्ब खर्च लाग्ने अनुमान
-
सवारी दुर्घटनामा तीनजनाको मृत्यु
-
प्रधानमन्त्री कप पुरुष क्रिकेट : दुईवटा खेल जारी
-
आज प्रदेश २ मा सार्वजनिक बिदा