उत्तर कोरियाली नेता किम जोङले आफ्नो जन्मदिनमा गरे शक्तिशाली परमाणु हतियार बनाउने घोषणा

उत्तर कोरियाली नेता किम जोङले आफ्नो जन्मदिनमा गरे शक्तिशाली परमाणु हतियार बनाउने घोषणा
मङ्लबार, पुस २८, २०७७

एजेन्सी– उत्तर कोरियाका नेता किम जोङ्ग–उनले परमाणु तथा सैन्य क्षमता बिस्तारको घोषणासहित आफ्नो जन्मदिन मनाएका छन् ।

अमेरिकाको राष्ट्रपतिमा जो बाइडेनले शपथ लिने तयारी गरेका बेला उत्तर कोरियाको यस्तो घोषणा आउनुलाई थप अर्थपूर्ण रुपमा लिइएको छ ।

किमले आफ्नो जन्मोत्सवमा थप परिष्कृत लामो दूरीमा मार हान्न सक्ने मिसाइल, सुपर लार्ज वारहेड्स, गुप्तचर स्याटेलाइट तथा परमाणु शक्तियुक्त सबमरिनसहितका हतियार बनाउने घोषणा गरेका हुन् ।

उनी केही दिन अघि मात्रै पार्टीको महासचिवमा बढुवा भएका थिए ।