बृहद् इजलासको टुंगो संवैधानिक इजलासबाटै

काठमाडौँ– प्रतिनिधिसभा विघटनविरुद्ध दायर एक दर्जन रिटको सुनुवाइ संवैधानिक इजलास कि बृहद् पूर्ण इजलासमा हुने भन्ने टुंगो बुधबार लाग्ने भएको खबर आजको अन्नपुर्ण पोस्टले छापेको छ। सर्वोच्च अदालतको संवैधानिक इजलासले नै उक्त विषयको निधो गर्न लागेको हो।
राष्ट्रपति कार्यालय, प्रधानमन्त्रीलगायत विपक्षीबाट लिखित जवाफ आइसकेको अवस्थामा पुस २२ गतेदेखि संवैधानिक इजलासमा निरन्तर सुनुवाइको पेसी तय भएको थियो। तर, न्यायाधीश हरिकृष्ण कार्कीले इजलासमा सामेल नहुने निर्णय लिएपछि बहस रोकिएको थियो।
प्रतिनिधिसभा पुनःस्थापनाको मागसहित सर्वोच्च पुगेका एक दर्जन रिटका निवेदकले संवैधानिक इजलासबाहेक बृहद् पूर्ण इजलास गठनको माग गर्र्दै आएका छन्। यसअघि रिट निवेदकको निवेदन प्रशासनिक तवरबाट अस्वीकार गरिएको थियो।
उक्त मागका विषयमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको नेतृत्वमा गठित ‘संवैधानिक बेन्च’बाटै टुंगो लगाइने भएको छ। सर्वोच्चका प्रवक्ता भद्रकाली पोखरेलले पेसी तय भइसकेको अवस्था रहेकाले सुनुवाइ प्रक्रियामा जाने बताए। ‘बृहद् पूर्ण इजलास गठनको माग गर्दै निवेदन पनि परेको छ। के गर्ने भनेर संवैधानिक बेन्चमै छलफल होला’, प्रवक्ता पोखरेलले अन्नपूर्ण पोस्ट्सँग भने, ‘त्यसपछि एउटा निक्र्योल आउला।’
महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सञ्जीवराज रेग्मीले पनि प्रधानन्यायाधीशले नै संविधानको धारा १३७ बमोजिमको विषय रहेको भन्दै संवैधानिक इजलास गठन गरेको अवस्थामा बृहद् पूर्ण इजलासको मागका विषयमा पनि सोही बेन्चले नै निर्णय दिनुपर्ने बताए।
‘धारा १३७ मा संवैधानिक इजलास गठनको व्यवस्था छ। के के विषयमा यस्तो इजलासमा सुनुवाइ हुने भनेर चारवटा विषय तोकिएको छ’, प्रवक्ता रेग्मीले भने, ‘सोही संवैधानिक प्रावधानअनुसार प्रधानन्यायाधीशले इजलास गठन गरेको अवस्था हो। बृहद् पूर्णमा लैजाने कि नलैजाने भन्ने विषयको पनि संवैधानिक बेन्चमै छलफल हुनुपर्छ।’
रिट निवेदकका कानुन व्यवसायी बुधबार पनि बृहद् पूर्ण इजलास गठनको माग दोहोर्याउने तयारीमा छन्। यस्तो इजलास गठन गर्नुपरे प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले आफूसहित ११ जनाभन्दा बढी न्यायाधीश संलग्न गर्दै ‘बेन्च’ तोक्ने सम्भावना औंल्याइएको छ। तर सुरुमै संविधानबमोजिम संवैधानिक इजलास तय भइसकेको अवस्थामा यसैअनुरूप सुनुवाइ अघि बढाउन प्रधानन्यायाधीश स्वतन्त्र रहेको तर्क पनि आएको छ।
बुधबार हुने सुनुवाइमा रिट निवेदकका तर्फबाट सुरु बहस हुनेछ। त्यसपछि विपक्षीका तर्फबाट सरकारी वकिल र निजी कानुन व्यवसायीले बहस गर्नेछन्।
राष्ट्रपति कार्यालय, प्रधानमन्त्री, निर्वाचन आयोगलगायत विपक्षीका तर्फबाट प्रतिरक्षा गर्न महान्यायाधविक्ता अग्नि खरेलसहित नायब महान्यायाविधक्ता पद्मप्रसाद पाण्डे, नारायणप्रसाद पौडेल, विश्वराज कोइराला, डा. टेकबहादुर घिमिरे, सहन्यायाधिवक्ता सञ्जीवराज रेग्मी, श्यामकुमार भट्टराईलगायत ११ जना सरकारी वकिल बहसमा जाने तयारी छ।
-
नेकपा (दाहाल–नेपाल समूह)को तेस्रो चरणको आन्दोलन घोषणा
-
अस्पताल बनाउन बागलुङमा स्थानीयबासीले दिए निःशुल्क जग्गा
-
निर्वाचनको तयारी तीब्र, मतदाता अद्यावधिकको काम शुरु
-
टेलिकमको कर्मचारीको आवरणमा ब्याट्री लगायतका सामान बेच्ने चार जना पक्राउ
-
घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
-
‘वर्तमान सरकार नै असंवैधानिक’
-
संसद विघटन : राजपत्रको विषयमा वादविवाद
-
जनगणनाका लागि ३९ हजार गणक र आठ हजार सुपरिवेक्षक करारमा लिइँदै
-
प्रधानमन्त्री ओली आज दाङ जाँदै
-
मेक्सिको–अमेरिकी सीमा नजिक १९ व्यक्ति मृत भेटिए
-
नेकपाको साबिककै विवरण कायम : दुवै पक्षले पाएनन् आधिकारिकता
-
यस्तो देखियो मुख्यमन्त्री राई र मोडल शेर्पाबीचको विवाहको रौनक, जहाँ कलाकारदेखि प्रधानमन्त्रीसम्म थिए उपस्थित (फोटोफिचर)
-
पूर्वलडाकुलाई सम्मान गर्ने निर्णयप्रति डा. भट्टराईको टिप्पणी : ‘पोहोर मरिन् सासू, ऐले आयो आँशु’ !
-
चन्द्रमा वृष राशिमा, दक्षिण दिशाको यात्रा तपाइँका लागि शुभ रहला
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ माघ १२ गते सोमबार)
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ माघ ६ गते मंगलबार )
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ माघ ८ गते विहीबार )
-
पाँच तस्वीरमा हेर्नुस् प्रदेश १ का मुख्यमन्त्री राईले विहे गर्न लागेकी यी मोडेल
-
‘आदमखोर’ बाघ : गुडिरहेको मोटरसाइकल पछाडि बसेकी महिलालाई झम्टिएर मार्यो
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ माघ १० गते शनिबार)
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ पुस २४ गते शुक्रबार )
-
पार्टी एकतामा देखिएको समस्याका मूल कारक ओली नै हुन- नेकपा उपाध्यक्ष गौतम
-
नेपाली सेनाले खुलायो विभिन्न ११ पदमा दरखास्त (सूचनासहित)
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ माघ १२ गते सोमबार)
-
मौसम : आज काठमाडौंसहित एक-दुई स्थानमा वर्षाको सम्भावना
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ पुस २५ गते शनिबार )
-
‘राष्ट्रपतिको तागत यिनीहरूले बुझेकै छैनन्, उहाँले इमर्जेन्सी पनि लगाइदिन सक्नुहुन्छ’
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ पुस २० गते सोमबार )
-
यस्तो देखियो मुख्यमन्त्री राई र मोडल शेर्पाबीचको विवाहको रौनक, जहाँ कलाकारदेखि प्रधानमन्त्रीसम्म थिए उपस्थित (फोटोफिचर)
-
टिकटक बनाउनेको भिड बढेपछि बन्द हुने भयो न्यूरोडको छाता सडक
-
नेकपा (दाहाल–नेपाल समूह)को तेस्रो चरणको आन्दोलन घोषणा
-
अस्पताल बनाउन बागलुङमा स्थानीयबासीले दिए निःशुल्क जग्गा
-
निर्वाचनको तयारी तीब्र, मतदाता अद्यावधिकको काम शुरु
-
टेलिकमको कर्मचारीको आवरणमा ब्याट्री लगायतका सामान बेच्ने चार जना पक्राउ
-
घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
-
विश्वभर चार लाख ३४ हजार संक्रमित, ९ हजार बढीको मृत्यु