बढ्यो सुनको मूल्य, यस्तो छ आजको भाउ

बढ्यो सुनको मूल्य, यस्तो छ आजको भाउ
बुधबार, पुस २९, २०७७

काठमाडौं – नेपाली बजारमा पहेँलो धातु सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । मंगलबार प्रतितोला ९२ हजार ८०० रूपैयाँ कारोबार छापवाल सुन आज ९२ हजार ९०० रूपैयाँ कायम गरिएको छ ।

यस्तै तेजाबी सुन आज प्रतितोला ९२ हजार ४०० रूपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला १० रूपैयाँले बढेर एक हजार २६० रूपैयाँमा कारोवार भइरहेको छ ।