अमेरिकामा २ करोड ३३ लाख जनामा कोरोना संक्रमण

अमेरिकामा २ करोड ३३ लाख जनामा कोरोना संक्रमण
बुधबार, पुस २९, २०७७

काठमाडौं – अमेरिकामा २ करोड ३३ लाखमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा २ लाख २२ हजार १२१ जनामा संक्रमण पुष्टि भएको छ । यसअघि २७ मंसिरमा एकैदिन अहिलेसम्मकै धेरै ३ लाख ८६ हजार ६५४ जनामा संक्रमण भएको थियो ।

पछिल्लो वृद्धिसँगै अमेरिकामा संक्रमितको संख्या २ करोड ३३ लाख ६८ हजार २२५ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म १ करोड ३८ लाख १६ हजार २८ जना संक्रमणमुक्त भएका छन् । उपचार गराइरहेका ९१ लाख ६२ हजार ५९८ जनामध्ये २९ हजार २२२ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा त्यहाँ ४ हजार २५९ कोरोना संक्रमितको मृत्यु भएको छ ।