मुलुकभर उल्लासपूर्वक माघे संक्रान्ति पर्व मनाइँदै

काठमाडौँ- माघे संक्रान्ति पर्व मुलुकभर उल्लासपूर्वक मनाइँदै छ ।
प्रत्येक वर्ष सौर मासअनुसार माघ महिनाको पहिलो दिन मनाइने माघे (मकर) संक्रान्ति पर्व आज देशभर स्नान, जप, तप, ध्यान साधना, दान आदि गरी मनाइँदै छ ।
पर्वका अवसरमा घिउ, चाकु र तरुललगायतका परिकार खाएर मनाइँन्छ ।
सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने संक्रान्ति भएकाले माघ १ गतेलाई माघे(मकर) संक्रान्ति भनिन्छ । माघ १ गतेदेखि उत्तरायण शुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् ।
उत्तरायण शुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक मानिन्छ । यसैले आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडी, कन्काई माईलगायतका स्थानमा माघ स्नान गर्न भक्तजनको भीड लाग्छ । यी ठाउँमा आज विशेष मेलासमेत लाग्ने गर्छ ।
तराईवासीले माघ १ गतेलाई नहान अर्थात् नुहाउने पर्वका रुपमा मनाउँछन् । वर्षभर ननुहाउने तराईवासीले आज भने अनिवार्य नुहाउनुपर्ने मान्यता राख्छन् ।
बिहानै तीर्थस्थलमा गई स्नान गरेर तिल दान गर्नाले सुन दान गरे सरहको पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । धर्मसिन्धुमा माघ १ मा घ्यू, चाकु, तिलका परिकार, खिचडी नखाने, दान नगर्ने, जलाशयमा गई स्नान नगर्ने, ध्यान नगर्ने व्यक्ति जीवनभर रोगी हुने उल्लेख गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा.डा.रामचन्द्र गौतमले जानकारी दिए ।
उत्तरायण भएपछि शुभकर्म गर्न उत्तम मानिन्छ । आज स्नान, दान, व्रत, ध्यान गर्ने व्यक्तिले पुण्य प्राप्त गरी मनकामना पूर्ण हुने धार्मिक विश्वास छ ।
माघे सङ्क्रान्तिका दिन घ्यू, चाकु, तिलका परिकार, तरुल, पालुङ्गो, खिचडी आदि खाने चलन छ । यी परिकारले जाडोमा न्यानो प्रदान गर्ने भएकाले चिसो समयमा पर्ने पर्वमा ताता परिकार खाने गरिएको हो । यी खानाले त्रिदोष नाश हुने धार्मिक विश्वास छ ।
आजका दिन शरीरमा तिलको तेलले मालिस गर्दा दूषित पदार्थ बाहिर निस्कन्छ भन्ने विश्वास छ । शरीरका नाडी, स्नायुमण्डल र हड्डीलाई तिलको तेल मालिसबाट सुदृढ र स्वस्थ राख्न सकिने आयुर्वेद शास्त्रीय मान्यता छ । सूर्य उत्तरायण भएपछिको मृत्युलाई उत्तम मानिन्छ ।
महाभारत युद्धमा मृत्यु श्ययामा पुगेका भीष्मले इच्छा मृत्युको वरदान पाएअनुसार सूर्य उत्तरायणपछि नै शरीर त्यागेका थिए । आजका दिन भक्तपुरको तिलमाधव नारायणस्थानमा पनि मेला लाग्ने गर्दछ ।
माघ महीनामा माघ माहात्म्यको पनि ठूलो महत्व छ । स्कन्द पुराणको माघ माहात्म्यअन्तर्गत केदारखण्डको कुमार र अगस्त्यबीच भएको संवादअर्थात् स्वस्थानी सुन्ने सुनाउने क्रम पौष शुक्ल पूर्णिमादेखि शुरु हुन्छ ।
यो क्रम माघ शुक्ल पूर्णिमासम्म जारी रहन्छ । यस वर्ष अधिकमास (मलमास) कारण पौष शुक्ल पूर्णिमा केही दिनपछि परेको छ ।
यसैबीच माघे संक्रान्तिका अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ । गृहमन्त्रालयले मंगलबार नै एक विज्ञप्ति जारी गर्दै मन्त्रिपरिषदको पुस २६ को निर्णयानुसार सार्वजनिक विदा दिने निर्णय भएको जनाएको छ ।
-
अमेरिका पठाउने भन्दै ठगी गरेको आरोपमा एकजना पक्राउ
-
नेपालमा थप ३१८ जनामा कोरोना संक्रमण, ६ जना को मृत्यु
-
खाने तेलको मूल्य बढाउने दुई उद्योगलाई कारवाही
-
भारत सरकारले दियो नेपाललाई १० लाख डोज कोरोना विरुद्धको खोप
-
सुन र चाँदीका गहनासहित सर्लाहीबाट दुई जना पक्राउ
-
अमेरिकामा २ करोड ४८ लाखभन्दा धेरैमा कोरोना भाइरस संक्रमण
-
दुई थान कटुवा पेस्तोलसहित धनुषाबाट एक युवक पक्राउ
-
झापामा ट्रिपरको ठक्करबाट एक जनाको मृत्यु
-
बढ्यो सुनको मुल्य, कतिमा हुदैँछ कारोबार ?
-
अमेरिकाको राष्ट्रपति बाइडेनले आज शपथ लिदैँ, ट्रम्प कार्यक्रममा नजाने
-
आजदेखि महिला राष्ट्रिय लिग सुरु , आर्मी र पुलिस खेल्दै
-
प्रदेश नम्बर एकको प्रदेशसभा अधिवेशन आजदेखि
-
प्रतिनिधिसभा विघटनविरुद्ध बहस गर्न सभामुखले राखे तीन वरिष्ठ वकिल
-
कोरोनाको बहानामा बलात्कार आरोपीलाई उन्मुक्ति, घर पुगेर भोजभतेर
-
निर्वाचनका लागि नेपाल प्रहरीले माग्यो १२ अर्ब, सशस्त्र खाका बनाउँदै
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ माघ ६ गते मंगलबार )
-
पाँच तस्वीरमा हेर्नुस् प्रदेश १ का मुख्यमन्त्री राईले विहे गर्न लागेकी यी मोडेल
-
‘आदमखोर’ बाघ : गुडिरहेको मोटरसाइकल पछाडि बसेकी महिलालाई झम्टिएर मार्यो
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ पुस २४ गते शुक्रबार )
-
पार्टी एकतामा देखिएको समस्याका मूल कारक ओली नै हुन- नेकपा उपाध्यक्ष गौतम
-
नेपाली सेनाले खुलायो विभिन्न ११ पदमा दरखास्त (सूचनासहित)
-
गृहमन्त्री थापालाई भेट्न मन्त्रीनिवास पुगे प्रचण्ड
-
मौसम : आज काठमाडौंसहित एक-दुई स्थानमा वर्षाको सम्भावना
-
‘राष्ट्रपतिको तागत यिनीहरूले बुझेकै छैनन्, उहाँले इमर्जेन्सी पनि लगाइदिन सक्नुहुन्छ’
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ पुस २५ गते शनिबार )
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ पुस २० गते सोमबार )
-
टिकटक बनाउनेको भिड बढेपछि बन्द हुने भयो न्यूरोडको छाता सडक
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ माघ १ गते विहीबार )
-
बिहान खाली पेटमा भुलेर पनि खानु हुँदैन यी ६ खानेकुरा
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ पुस २१ गते मंगलबार )