तीव्र गतिमा हुइकिएको बस काठमाडौँको भद्रकालीमा सडकमै पल्टियो

तीन जना घाइते, चालकको अवस्था गम्भीर

तीव्र गतिमा हुइकिएको बस काठमाडौँको भद्रकालीमा सडकमै पल्टियो
बिहिबार, माघ १, २०७७

काठमाडौँ– काठमाडौंको भद्रकालीमा यात्रुबाहक बसको दुर्घटना भएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसपी श्यामकृष्ण अधिकारीका अनुसार अत्याधिक तीब्र गतिमा रहेको बसमा एक्कासी ब्रेक लगाउँदा  सडकमै पल्टिएको हो । दुर्घटनामा तीनजना घाइते भएका छन् । चालकको अवस्था गम्भीर रहको जनाइएको छ ।

रत्नपार्क–भद्रकाली सडकखण्डमा बा ३ ख ४४३७ नम्बरकोबस दुर्घटना भएको हो । भद्रकाली नजिकैको आकासे पुलनेर चन्द्रागिरि यातायातको बस बिहीबार बिहान ८ बजे दुर्घटना भएको हो ।

व्यस्त सडकमा बस पल्टिएपछि केहीबेर सवारी आवागमन प्रभावित भएको ट्राफिक महाशाखाले जनाएको छ ।