कुवेतमा घरेलु कामदारका रुपमा रहेकी एक नेपाली महिलाको मृत्यु

कुवेतमा घरेलु कामदारका रुपमा रहेकी एक नेपाली महिलाको मृत्यु
बिहिबार, माघ १, २०७७

दोहा– वैदेशिक रोजगारीको लागि कुवेत पुगेकी एक नेपाली महिलाको मृत्यु भएको छ । घरेलु कामदारको रुपमा गैरकानूनी बाटो हुदैँ त्यहाँ पुगेकी मकवानपुर घर भएकी सरिता थिङको मृत्यु भएको हो ।

गैरकानुनी रुपमै कार्यरत रहेकी थिङको उपचारको क्रममा त्यहाँको आदान अस्पातलमा मृत्यु भएको कुवेतस्थित नेपाली दूतावास स्रोतले जानकारी दिएको ही ।

उनी अल्सरको बिरामी थिइन् । मृतकको परिवारसँग सम्पर्क गरी शव स्वदेश पठाउने तयारी गरिएको भए पनि गैरकानूनी बाट हुदैँ त्यहाँ पुगेको र स्पोन्सरको घरबाट समेत भागेको हुँदा शव नेपाल पठाउन आर्थिक समस्या भएको बताइएको छ ।

शव पठाउन समस्या भएपछि आर्थिक संकलन गर्न थालिएको सामाजिक अभियन्ता चन्द्र पाइजा पुनले जानकारी दिए ।