चन्द्रमा मीन राशिमा, उत्तर र पश्चिम दिशाको यात्रा शुभ रहला

चन्द्रमा मीन राशिमा, उत्तर र पश्चिम दिशाको यात्रा शुभ रहला
सोमवार, माघ ५, २०७७

आज चन्द्रमा मीन राशिमा छन् । त्यसैले उत्तर र पश्चिमबाहेक अन्य दिशाको यात्रा शुभ छैन ।

आज सोमबार परेकाले पूर्व दिशाको यात्रा गर्दै नगर्नुहोला । यदि बाध्यता नै छ भने धार्मिक उपाय अपनाएर मात्र यात्रा गर्नुहोला । शुभ बेलामा अमला वा सक्खर खाएर यात्रा प्रारम्भ गर्नुुहोला ।

साथै पुरुषको नेतृत्वमा उत्तर पूर्व तथा स्त्रीको नेतृत्वमा वायव्य अर्थात उत्तर पश्चिम र ईशान अर्थात उत्तर पूर्व दिशाको यात्रा गर्दा राम्रो हुनेछ । यदि तपाइँ विशेष यात्रा गर्दै हुनुहुन्छ भने शुभ दिशामा मात्रै गर्नुपर्दछ ।

आजको शुभ लाभादि बेला

बिहान ६:५५ बजेदेखि ८:१५ बजेसम्म अमृत बेला
बिहान ८:१५ बजेदेखि ९:३४ बजेसम्म काल बेला
बिहान ९:३२ बजेदेखि १०:५५ बजेसम्म शुभ बेला
बिहान १०:५४ बजेदेखि १२:१४ बजेसम्म रोग बेला
बिहान १२:१४ बजेदेखि १:३४ बजेसम्म उद्धेग बेला
दिनमा १:३४ बजेदेखि २:५३ बजेसम्म चर बेला
दिनमा २:५३ बजेदेखि ४:१३ बजेसम्म लाभ बेला
दिउँसो ४:१३ बजेदेखि ५:३३ बजेसम्म अमृत बेला

यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समय : बिहानमा ७:३० देखि ९:०० बजेसम्म राहुकाल समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।