रोजगारीका लागि ६ महिनामा बाहिरिए ७२ हजार नेपाली

काठमाडौं । स्वदेशमै रोजगारीको अवसर नपाएपछि कोरोना भाइरसको जोखिमका बीच पनि नेपाली कामदारहरू वैदेशिक रोजगारीमा जान बाध्य भएका छन् ।
कोरोना विपद् शुरू हुँदा विदेशबाट फर्केका कामदारलाई नेपालमा नै रोजगारी दिने घोषणा सरकारले गरेको थियो । तर, त्यसअनुसार रोजगारी सृजना हुन नसक्दा कोरोना त्रासकै बीच पनि हजारौं नेपाली वैदेशिक रोजगारीमा गएको सरकारी तथ्यांकले देखाएको छ ।
विदेशबाट नेपाल फर्किएका र नेपालमै रहेका युवाहरू वैदेशिक रोजगारी गएका हुन् । नेपाल राष्ट्र बैंकको चालू आर्थिक वर्ष (आव)को ५ महीनासम्मको तथ्यांक र वैदेशिक रोजगार विभाग पुस महीनाको तथ्यांक जोेड्दा चालू आवको ६ महीनामा ७२ हजार ३६६ जना नेपाली वैदेशिक रोजगारीमा गएका छन् । त्यसमा ३० हजार ८३७ जना कामदार नयाँ श्रमस्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका हुन् । यस्तै, ४१ हजार ५२९ जना पुनः श्रमस्वीकृति अर्थात् बिदामा आएर श्रमगन्तव्य मुलुकमा गएको देखिन्छ ।
वैदेशिक रोजगार विभागका प्रवक्ता टीकाराम नेउपानेले रोजगारका सम्बन्धमा सरकारबाट विशेष स्कीम नआउँदा कोरोना विपद्मा पनि नेपालीहरू विदेशिन बाध्य भएको बताए । ‘कोरोना विपद् शुरू हुँदा विदेशमा नेपालीहरूले रोजगार गुमाउन थालेपछि सरकारले नेपालमै रोजगारी दिने आश्वासन देखायो । तर, त्यसमा उपलब्धि केही भएन,’ उनले भने, ‘त्यसमाथि अहिले राजनीतिक अस्थिरता आएको छ । त्यसको असरले पनि यस परिस्थतिमा नेपालीहरू वैदेशिक रोजगारीमा जान बाध्य भएका छन् ।’ यो समाचार आजको आर्थिक अभियान दैनिकमा मिलन विश्वकर्माले लेखेका छन् ।
-
पूर्वप्रधानमन्त्री भट्टराई स्वास्थ्य परीक्षण सकेर स्वदेश फर्कदै
-
दुईवटा ट्रक ठोक्किँदा दुई जनाको मृत्यु ,दुई घाइते
-
फ्रान्सका पूर्वराष्ट्रपति निकोलस सार्कोजी भ्रष्टाचार मुद्धामा दोषी ठहर
-
खोप लगाएपनि कोराना संक्रमणको जोखिम रहने !
-
आजको राशिफल (२०७७ फागुन १८ गते मंगलबार)
-
नेकपा विवादले संसद् सचिवालयलाई सकस
-
फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य
-
नयाँ शैक्षिक सत्र १० महिनाको मात्र, अर्को शैक्षिक सत्र वैशाखबाटै
-
बंगलादेशसँग किनिएको मल १ सातामा नेपाल आउँदै
-
ब्लु ह्वेलदेखि अनपढसम्मका रोचक तथा ज्ञानवर्द्धक तथ्यहरू
-
कुन रोगीले कस्तो जुस पिउँदा राम्रो ?
-
नेपालमा थप ७३ जनामा कोरोना संक्रमण, ३ को मृत्यु
-
आफूमाथि सुरक्षा खतरा रहेको प्रधानमन्त्री ओलीको दाबी
-
राष्ट्रपतिबाट फागुन २३ गते प्रतिनिधिसभाको बैठक आह्वान
-
विसं २०७८ मा तीन वटा दशैँ हुने पञ्चाङ्ग निर्णायक समितिको निर्णय
-
माध्यामिक शिक्षा (एसईई) परीक्षा केन्द्रस्तरबाटै हुने
-
बिहिबार आमहड्ताल, के–के खुल्ने, के–के बन्द ?
-
साउथ इन्डियन फिल्ममा डेब्यु गर्दै स्वस्तिमा !
-
नेकपा कसको ? सर्वोच्चले फागुन २० गते निर्णय सुनाउने
-
बाहिर जान उपराष्ट्रपतिलाई बन्देज
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ फागुन १ शनिबार)
-
आजबाट अस्पतालहरुको ओपीडी शुल्क वृद्धि
-
थिर कोइरालासँग विहे गर्दै गायिका अन्जु पन्त
-
भीरकट्यामा अड्किएको अनुसन्धानः दुई जनाले खाएका थिए चाउचाउ
-
खुट्टाको छाला फुटेर हैरान हुनुहुन्छ ? यस्ता छन् घरेलु उपचार विधि
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ माघ २२ विहीबार)
-
भागरथी घटनाको अनुसन्धानमा संलग्न दुई प्रहरी बढुवा, पाँच प्रहरी पुरस्कृत
-
प्रधानमन्त्री ओलीका दुई रणनीति
-
जन्मदिनको पार्टीमा यसरी नाचे पूर्वराजा-रानी (भिडियोसहित)
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ माघ २४ शनिबार)