घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?
सोमवार, माघ ५, २०७७

काठमाडौँ– नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । साताको अन्तिम पहिलो दिन प्रतितोला ९१ हजार ८०० रूपैयाँमा कारोबार भएको छापवाल सुन आज २०० रूपैयाँले घट्दै ९१ हजार ६०० रूपैयाँ कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुनको मूल्य ९१ हजार १०० रूपैयाँ कायम भएको छ ।महासंघका अनुसार चाँदीको मूल्य भने आज स्थिर छ । चाँदी आज तोलाको १२ सय ३० मा कारोबार भइरहेको छ ।