आजदेखि महिला राष्ट्रिय लिग सुरु , आर्मी र पुलिस खेल्दै

आजदेखि महिला राष्ट्रिय लिग सुरु , आर्मी र पुलिस खेल्दै
बुधबार, माघ ७, २०७७

काठमाडौं । महिला राष्ट्रिय लिग फुटबल आज दिउसो २ बजेबाट सुरु हुँदैछ । ७ टिम सहभागी डबल राउण्ड रोविनमा हुने लिगको उद्घाटन खेल दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाली पुलिस क्लबबीच दशरथ रंगशालमा खेल्लेछन् ।

उद्घाटन खेल र समापन खेल दशरथ रंगशालमा हुने र बाँकी खेल एन्फा कम्प्लेक्समा हुने जनाएको छ । खेलमा नेपाल पुलिस क्लब ,त्रिभुवन आर्मी क्लब, नेपाल एपीएफ क्लब, वालिङ नगरपालिका, स्याङ्जा ,चौदन्डीगढी नगरपालिका, उदयपुर ,चन्द्रपुर नगरपालिका, रौतहट ,विराटनगर महानगरपालिका, मोरङ टिमको सहभागिता रहने छ ।

यस्तै एक टिममा २३ खेलाडीहसित जम्मा ३० जना हुनेछन् । जसमा कोच म्यानेजर फिजियो लगायत समावेश हुनेछन् । महिला राष्ट्रिय लिगको विजेताले १५ लाख , उपविजेताले ८ लाख रुपैयाँ पुरस्कार पाउने छन् । त्यस्तै तेस्रो स्थान हासिल गर्नेले ५ लाख र चौथो स्थान हासिल गर्ने ले ३ लाख रुपैयाँ पुरस्कार रासि पाउँने छन् ।

कोभिड रिलिफ फण्ड रु ५० । ५० हजारलिगको तयारीका लागि एन्फाले हरेक टोलीलाई १ लाख रुपैयाँ र कोभिड रिलिफ फन्ड अनुरुप ५० हजार प्रदान गरिने एन्फाले जनाएको छ ।

प्रतियोगिता दौरान कुनै खेलाडी वा पदाधिकारीलाई कोरोना संक्रमण भएको शंका लागेको खण्डमा आइसोलेसनको व्यवस्था एन्फाले गर्नेछ । आजवाट सुरु भएको खेल फागुन ७ गते सकिने छ ।