बढ्यो सुनको मुल्य, कतिमा हुदैँछ कारोबार ?

बढ्यो सुनको मुल्य, कतिमा हुदैँछ कारोबार ?
बुधबार, माघ ७, २०७७

काठमाडौँ – बुधबार पनि नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ ।

मंगलबार प्रतितोला ९२ हजार रुपैंयामा कारोबार भएको सुनको मुल्य आज तोलामा ५ सय रुपैंयाले बढेर ९२ हजार ५ सय रुपैंयामा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।

यस्तै बुधबार तेजावी सुनको मुल्य ९२ हजार रुपैंया कायम भएको छ । यसैगरी चाँदीको मुल्य पनि तोलामा १५ रुपैंयाले बढेर १२ सय ६० रुपैंया कायम भएको छ ।