भोली नेपाल आउँदै कोरोनाविरुद्धको खोप (भिडियो रिपोर्ट)
भारतले अनुदानमा दिएको १० लाख डोज खोप पहिलो चरणमा कस-कसले पाउने

पुष्कर खतिवडा
काठमाडौं – भारतले नेपाललाई अनुदानमा १० लाख डोज कोरोनाविरूद्धको खोप उपलब्ध गराएको छ । बुधबार स्वास्थ्य मन्त्रालयमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा भारतले १० लाख डोज उपलब्ध गराएको घोषणा गरिएको हो । पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले भारत सरकारले नेपाललाई अनुदानमा दिएको कोरोना भाइरसविरुद्धको खोप बिहीबार नै काठमाडौँ आइपुग्ने जानकारी दिए ।
भिडियो रिपोर्ट हेर्नुहोस्ः
पत्रकार सम्मेलनमा मन्त्री त्रिपाठीले खोप भण्डारणको समेत सबै तयारी पूरा भएको जानकारी दिएका छन । प्राप्त खोपको ३ प्रतिशत पहिलो चरणमा स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक र सुरक्षाकर्मीलाई दिइने मन्त्री त्रिपाठीले बताए ।
नेपालले थप खोप खरिदको तयारी गरिरहेको र त्यसकालागि आर्थिक र प्रशासनिक जटिलता नरहेको मन्त्री त्रिपाठीले दावी गरे । उनले खोप अनुदानमा दिएकोमा भारत सरकार र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि धन्यवाद दिए ।
स्वास्थ मन्त्रालयमा अयोजित संयुक्त पत्रकार सम्मेलनमा नेपालकालागि भारतीय राजदूत विनयमोहन क्वात्रा पनि उपस्थिति थिए । क्वात्राले नेपाललाई पहिलो प्राथमिकतामा राखेर उपहार स्वरुप भारतले खोप दिएको बताए ।
भारतको अनुदानमा नेपाल आउने कोभिसिल्ड नामक खोप अक्सफोर्ड युनिभर्सिटी र एस्ट्राजेनेकासँग मिलेर विकास गरिएको खोप हो । भारतले नेपालबाहेक माल्दिभ्स, बंगलादेश, भुटान, म्यानमारलगायतका देशलाई खोप अनुदानमा दिने प्रक्रिया थालेको छ । यता औषधि व्यवस्था विभागले पनि उक्त खोपलाई आपतकालीन प्रयोगका लागि स–सर्त अनुमति दिने निर्णय गरेको थियो ।
कोभिड भ्याक्सिन लगाउन महिला स्वास्थ्य स्वयंसेविकासहित विभिन्न स्वास्थ्य संस्थामा कार्यरत २ लाखभन्दा बढी कर्मचारीको सूची स्वास्थ्य मन्त्रालयमा तयारी अवस्थामा छ । नेपालको कुल जनसंख्याको ७२ प्रतिशत नागरिकलाई कोरोना भाइरसविरुद्ध खोप लगाउने सरकारको योजना छ । जस अनुसार १५ वर्षमुनिका बालबालिकालाई भने खोप लगाइने छैन । खोप ल्याउन सरकारले ४८ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ ।
-
पूर्वप्रधानमन्त्री भट्टराई स्वास्थ्य परीक्षण सकेर स्वदेश फर्कदै
-
दुईवटा ट्रक ठोक्किँदा दुई जनाको मृत्यु ,दुई घाइते
-
फ्रान्सका पूर्वराष्ट्रपति निकोलस सार्कोजी भ्रष्टाचार मुद्धामा दोषी ठहर
-
खोप लगाएपनि कोराना संक्रमणको जोखिम रहने !
-
आजको राशिफल (२०७७ फागुन १८ गते मंगलबार)
-
नेकपा विवादले संसद् सचिवालयलाई सकस
-
फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य
-
नयाँ शैक्षिक सत्र १० महिनाको मात्र, अर्को शैक्षिक सत्र वैशाखबाटै
-
बंगलादेशसँग किनिएको मल १ सातामा नेपाल आउँदै
-
ब्लु ह्वेलदेखि अनपढसम्मका रोचक तथा ज्ञानवर्द्धक तथ्यहरू
-
कुन रोगीले कस्तो जुस पिउँदा राम्रो ?
-
नेपालमा थप ७३ जनामा कोरोना संक्रमण, ३ को मृत्यु
-
आफूमाथि सुरक्षा खतरा रहेको प्रधानमन्त्री ओलीको दाबी
-
राष्ट्रपतिबाट फागुन २३ गते प्रतिनिधिसभाको बैठक आह्वान
-
विसं २०७८ मा तीन वटा दशैँ हुने पञ्चाङ्ग निर्णायक समितिको निर्णय
-
माध्यामिक शिक्षा (एसईई) परीक्षा केन्द्रस्तरबाटै हुने
-
बिहिबार आमहड्ताल, के–के खुल्ने, के–के बन्द ?
-
साउथ इन्डियन फिल्ममा डेब्यु गर्दै स्वस्तिमा !
-
नेकपा कसको ? सर्वोच्चले फागुन २० गते निर्णय सुनाउने
-
बाहिर जान उपराष्ट्रपतिलाई बन्देज
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ फागुन १ शनिबार)
-
आजबाट अस्पतालहरुको ओपीडी शुल्क वृद्धि
-
थिर कोइरालासँग विहे गर्दै गायिका अन्जु पन्त
-
भीरकट्यामा अड्किएको अनुसन्धानः दुई जनाले खाएका थिए चाउचाउ
-
खुट्टाको छाला फुटेर हैरान हुनुहुन्छ ? यस्ता छन् घरेलु उपचार विधि
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ माघ २२ विहीबार)
-
भागरथी घटनाको अनुसन्धानमा संलग्न दुई प्रहरी बढुवा, पाँच प्रहरी पुरस्कृत
-
प्रधानमन्त्री ओलीका दुई रणनीति
-
जन्मदिनको पार्टीमा यसरी नाचे पूर्वराजा-रानी (भिडियोसहित)
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ माघ २४ शनिबार)
-
पूर्वप्रधानमन्त्री भट्टराई स्वास्थ्य परीक्षण सकेर स्वदेश फर्कदै
-
दुईवटा ट्रक ठोक्किँदा दुई जनाको मृत्यु ,दुई घाइते
-
फ्रान्सका पूर्वराष्ट्रपति निकोलस सार्कोजी भ्रष्टाचार मुद्धामा दोषी ठहर
-
खोप लगाएपनि कोराना संक्रमणको जोखिम रहने !
-
आजको राशिफल (२०७७ फागुन १८ गते मंगलबार)
-
नेकपा विवादले संसद् सचिवालयलाई सकस
-
फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य
-
नयाँ शैक्षिक सत्र १० महिनाको मात्र, अर्को शैक्षिक सत्र वैशाखबाटै
-
बंगलादेशसँग किनिएको मल १ सातामा नेपाल आउँदै
-
ब्लु ह्वेलदेखि अनपढसम्मका रोचक तथा ज्ञानवर्द्धक तथ्यहरू
-
कुन रोगीले कस्तो जुस पिउँदा राम्रो ?
-
नेपालमा थप ७३ जनामा कोरोना संक्रमण, ३ को मृत्यु
-
आफूमाथि सुरक्षा खतरा रहेको प्रधानमन्त्री ओलीको दाबी
-
राष्ट्रपतिबाट फागुन २३ गते प्रतिनिधिसभाको बैठक आह्वान
-
विसं २०७८ मा तीन वटा दशैँ हुने पञ्चाङ्ग निर्णायक समितिको निर्णय