नेपालमा थप ३०२ जनामा कोरोना संक्रमण, ७ जनाको मृत्यु

नेपालमा थप ३०२ जनामा कोरोना संक्रमण, ७ जनाको मृत्यु
शुक्रबार, माघ ९, २०७७

काठमाडौं – नेपालमा थप ३०२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । त्यसैगरी पछिल्लो २४ घण्टामा थप ४८० जना कोरोना संक्रमणमुक्त भएका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ६३ हजार ३४८ पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा थप ७ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ ।

योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १९८६ पुगेको छ ।