प्रचण्ड नेपाल समूहको शक्ति प्रर्दशन, के के भयो ? (भिडियो रिपोर्ट)

प्रचण्ड नेपाल समूहको शक्ति प्रर्दशन, के के भयो ? (भिडियो रिपोर्ट)
शुक्रबार, माघ ९, २०७७

पुष्कर खतिवडा

प्रतिनिधिसभा विघटनपछि विभाजित बनेको सत्तारूढ नेकपाको दाहाल नेपाल समूहले शुक्रबार काठमाडौँमा शक्ति प्रदर्शन गरेको छ । समूहले शक्ति प्रदर्शनकालागि देशभरबाट आफ्ना कार्यकर्ता बोलाएको थियो । काठमाडौंका विभिन्न स्थानबाट ¥यालीसहित निस्किएको जुलुुुसले काठमाडौँको ट्राफिक अस्तव्यस्त बनेको थियो ।

भिडियो रिपोर्ट हेर्नुहोस्ः

काठमाडौंको माइतीघर, डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, प्रदर्शनीमार्ग, शान्तिबाटिका, त्रिचन्द्र कलेज, वाल्मीकि कलेज र ललितपुरको कुपण्डोललगायतका ९ स्थानबाट बिहान ११ बजेबाट जुलुस निकालिएको थियो ।

ट्राफिक व्यवस्था मिलाउन भक्तपुरबाट आएका सवारीलाई कोटेश्वर तथा तीनकुनेमा रोकिएको थियो । त्यस्तै ललितपुरबाट आएका सवारीलाई कुपन्डोलमा रोकिएको थियो । यता कलंकीबाट आएका सवारीलाईसमेत त्रिपुरेश्वरमा रोकिएको थियो । सवारी रोकिएपछि यात्रु सडकमा नै अलपत्र परेका थिए ।

जुलुसमा तराई मधेशबाट ठुलो मात्रामा कार्यकता बोलाइएको थियो । जहाँ वृद्धदेखि महिला तथा बालबालिकासमेत सहभागी थिए । उनीहरु अधिकाशं साधारण लेखपढ गर्न नजानेका र राजनितिको बिषयमा राम्रो ज्ञान नभएकासमेत जुलुसमा सहभागी थिए ।

दाहाल नेपाल समूहले प्रदर्शन शाकाहारी नहुने चेतावनी दिएर देशभरका कार्यकर्ता काठमाडौँ उतारेरपछि प्रर्दशन अराजक हुने आँकलनसहित बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

ठुलो मात्रामा प्रहरी परीचालन गरीएको भएपनि दाहाल नेपाल समुहका कार्यकर्ताको भिडले रत्नपार्क क्षेत्रको मुल सडक कब्जामा लिएको थियो । उनीहरुले रत्नपार्क र भद्रकाली क्षेत्र पुरै खाली गराएका थिए ।

जुलुसलाई व्यवस्थित गर्न दाहाल-नेपाल समूहले युवा संघ र अनेरास्ववियु सहभागी दुई हजारको संख्यामा स्वयंसेवक परिचालन गरिएको थियो । मूल जुलुसपछिको विरोधसभामा शीर्ष नेताले सम्बोधन गरेका थिए ।

यसअघि दाहाल-नेपाल समूहले १४ पुसमा पनि बृहत् विरोधसभा आयोजना गरेको थियो । गत पुष ५ गते प्रतिनिधि सभा विघटन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको सिफारिस राष्ट्रपति विद्यादेवी भण्डारीले त्यसैदिन अनुमोदन गरेकी थिइन् ।