देशभर वर्षाको पूर्वानुमान, तराईमा बाक्लो हुस्सु

देशभर वर्षाको पूर्वानुमान, तराईमा बाक्लो हुस्सु
शनिबार, माघ १०, २०७७

काठमाडौँ- उत्तरी बंगलादेश र आसपासमा बनेको न्युन चापीय प्रणालीको असर हटेको दुई सातापछि मुलुकभर फेरि पश्चिमी वायुको प्रभाव परेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली भएको छ ।

यस्तै तराईका अधिकांश जिल्लाहरूमा बाक्लो हुस्सु लागेको महाशाखाले जनाएको छ ।

आज र भोलि सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागका एकाध स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ महाशाखाले जारी गरेको पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।

आगामी २४ घण्टा देशको उच्च हिमाली भू-भागका एकाध स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

तराईका केही स्थानहरुमा बिहानीपख हुस्सु् लाग्ने भएकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

यस्तो छ तीन दिनको मौसम पूर्वानुमान

माघ १० गते (शनिबार)

दिउँसो : सुदूरपश्चिम, कर्णाली, र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा प्रदेश-१ र बागमती प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकि भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ । सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का बर्षाको सम्भावना छ ।

राति : सुदूरपश्चिम, कर्णाली, र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा प्रदेश १ र बागमती प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ । सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

माघ ११ गते (आइतबार)

दिउँसो : देशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ । सुदूरपश्चिम र प्रदेश- १ को पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

राति : देशका पहाडी भूभागहरूमा आंशिक बदली रही बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ।

माघ १२ गते (सोमबार)

दिउँसो : प्रदेश-१ र गण्डकी प्रदेशको पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

राति : प्रदेश-१ को पहाडी भूभागहरूमा आंशिक बदली रही बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।