पछिल्लो २४ घण्टामा भारतमा कोरोना संक्रमित १४ हजार ३४४ पुगे, १५४ को मृत्यु

पछिल्लो २४ घण्टामा भारतमा कोरोना संक्रमित १४ हजार ३४४ पुगे, १५४ को मृत्यु
शनिबार, माघ १०, २०७७

काठमाडौँ। भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ५३ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा थप १५४ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ५३ हजार २२१ पुगेको हो। यस्तै पछिल्लो २४ घण्टामा त्यहाँ थप १४ हजार ३४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो वृद्धिसँगै संक्रमितको संख्या १ करोड ६ लाख ४० हजार ५४४ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म १ करोड ३ लाख ६३ जना संक्रमणमुक्त भएका छन् ।