इराकमा विष्फोट हुदाँ ३२ जनाको मृत्यु, घटनाको जिम्मा आइएसले लियो

इराकमा विष्फोट हुदाँ ३२ जनाको मृत्यु, घटनाको जिम्मा आइएसले लियो
शनिबार, माघ १०, २०७७

इस्लामिक स्टेट (आईएस) ले इराकको राजधानी बगदादमा भएको दोहोरो विष्फोटको जिम्मेवारी लिएको छ ।

बिहीबार भएका ति हमलामा ३२ जनाको मृत्यू भएको थियो भने एक सय भन्दा बढी मानिस घाइते भएका थिए । शिया मुसलमानहरुलाइ लक्षित गरी हमला गरीएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन ।

बगदादमा विगत तीन बर्ष यताको यो सबैभन्दा ठूलो आक्रमण हो । इराकी सेनाले दिएको जानकारी अनुसार बिहीबार बगदादको व्यस्त व्यवसायिक क्षेत्रमा विष्फोट गराइएको थियो ।

इराकी सेनाका अनुसार बगदादको टायारन चोक नजिकै बब अल सर्जी क्षेत्रमा दुई विष्फोट भएका थिए ।