विरोधको नयाँ शैली : कमलपोखरीकाे माटोकाे टिका लगाएर बालुवाटरसम्म मार्चपास

विरोधको नयाँ शैली : कमलपोखरीकाे माटोकाे टिका लगाएर बालुवाटरसम्म मार्चपास
आइतवार, माघ ११, २०७७

काठमाडौँ– बृहत नागरिक अभियानले सोमबार कमलपोखरीकाे माटोको टिका लगाएर बालुवाटारसम्म मार्चपास गर्ने भएको छ ।

संसद विघटनलगायत सबै प्रकारका प्रतिगमनविरुद्ध सशक्त प्रतिकार गर्दै अभियानले मुलुकलाई स्वस्थ र न्यायपूर्ण बाटोमा फर्काउने मार्चपाससहितको विरोध प्रदर्शन गर्न लागेको हो ।

सोमबार दिउँसो २ बजे सुरु हुने मार्चमा कलात्मक प्रस्तुती पनि  हुने बृहत् नागरिक आन्दोलन गरिन लागिएको अभियान्त युग पाठकले जानकारी दिए ।

वृहत् नागरिक आन्दोलनले निरंकुशता, स्वेच्छाचारिता र प्रतिगमनको बिम्ब बनेको बालुवाटारलाई चुनौती दिन बालुवाटारमै प्रदर्शन गर्ने कार्यक्रमअनुरुप ‘बालुवाटार मार्च’ कार्यक्रम तय भएको अभियान्ताकाे भनाइ छ ।