‘विप्लव’ समूहका दुई कार्यकर्ता बागलुङबाट पक्राउ

‘विप्लव’ समूहका दुई कार्यकर्ता बागलुङबाट पक्राउ
आइतवार, माघ ११, २०७७

बागलुङ – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिवन्धित नेकपाका दुई जनालाई पहरीले बागलुङबाट पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाग्लुङको टोलीले शनिबार उनीहरूलाई बागलुङ नगरपालिका–७ गैरागाउँबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बागलुङ नगरपालिका–३ का ५३ वर्षीय बाबुलाल शाक्य र पश्चिम रुकुम सानोभेरी गाउँपालिका–३ का कमानसिंह क्षेत्री रहेको प्रहरीले जनाएको छ ।