प्रदेश १ का मुख्यमन्त्री राई विवाह बन्धनमा बाँधिए

प्रदेश १ का मुख्यमन्त्री राई विवाह बन्धनमा बाँधिए
आइतवार, माघ ११, २०७७

काठमाडौं-प्रदेश १ का मुख्यमन्त्री शेरधन राई विवाह बन्धनमा बाँधिएका छन्। मोडल २३ वर्षीया जाङ्मु शेर्पासँग ४९ वर्षीय मुख्यमन्त्री राईको र आज विवाह भएको हो।

मुख्यमन्त्री राईले काठमाडौँको एक पार्टी प्यालेसमा सानो जमघटका बीच विवाह समारोह सम्पन्न गरेका हुन्। उनको विवाहमा पर्यटनमन्त्री भानुभक्त ढकाल विवाहमा पुगेका थिए।

परम्परागत विधिबाट उनीहरुको विवाह सम्पन्न भएको छ।