‘नबिल किताब जात्रा–२०७७’ सञ्चालन हुँदै

‘नबिल किताब जात्रा–२०७७’ सञ्चालन हुँदै
आइतवार, माघ ११, २०७७

काठमाडौं-माघ १७ गते देखि ‘नबिल किताब जात्रा–२०७७’ सञ्चालन हुने भएको छ । किताब जात्रा फाउन्डेसनले माघ १७ गते देखि एक साता लामो ‘नबिल किताब जात्रा, २०७७’ आयोजना गर्न लागेको छ ।

आइतबार पत्रकार सम्मेलन आयोजना गरी फाउण्डेशनले माघ १७ गते शनिबार देखि माघ २३ गते शुक्रबार सम्म किताब जात्रा सञ्चालन हुने बताएको हो ।

‘कोभिड–१९’ जोखिमका कारण यस वर्षको किताब जात्रा विभिन्न सञ्चार माध्यम र ‘किताब यात्रा’ एपबाट प्रशारण गर्न लागिएको ‘नबिल किताब जात्रा–२०७७’का निर्देशक ऋषिराम अधिकारीले बताएका छन् ।

कार्यक्रममा भाषा, साहित्य, सिनेमा, समाज, उद्यम लगायतका क्षेत्रका व्यक्तित्वहरु समावेश भएका सात वटा सेसनहरु रहने छन् ।