खानेपानी मन्त्रीले अवलोकन गरे सुन्दरीजल क्षेत्रको सुरुङमार्ग

खानेपानी मन्त्रीले अवलोकन गरे सुन्दरीजल क्षेत्रको सुरुङमार्ग
आइतवार, माघ ११, २०७७

काठमाडौं-खानेपानी मन्त्री मणिचन्द्र थापाले मेलम्ची खानेपानी आयोजना अन्र्तगत सुन्दरीजल क्षेत्रको सुरुङमार्गको अवलोकन गरेका छन् ।

मन्त्री थापाले आइतबार मेलम्ची खानेपानी आयोजना अन्र्तगतको सुन्दरीजल क्षेत्रमा निर्माणाधिन भौतिक संरचना र सुरुङमार्गको अवलोकन गरेका हुन् ।

अवलोकन गर्दै मन्त्री थापाले सुरुङमार्गको काम सन्तोषजनक भएको प्रतिक्रिया दिए ।

मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक तिरेश प्रसाद खत्रीले सुरुङको काम सम्पन्न भइसकेको भएपनि परिक्षण अघि विज्ञ समूहलाई निरिक्षण गराएको र उक्त समूहको सुझावको आधारमा सुरुङको दिगोपनाको लागि केही सुधार गर्नुपर्ने भएकाले हाल सुधारका काम बताए ।

सुरुङमा थालिएको सुधारको काम तीन हप्तामा सकेर फागुन पहिलो साताबाट पानी पठाई परीक्षणको काम शुरु गरिने पनि कार्यकारी निर्देशक खत्रीले बताएका छन् ।