नेपालमा कोरोनाका कारण ज्यान गुमाउँनेको संख्या २ हजार नाघ्यो

नेपालमा कोरोनाका कारण ज्यान गुमाउँनेको संख्या २ हजार नाघ्यो
आइतवार, माघ ११, २०७७

काठमाडौं-नेपालमा कोरोना संक्रमणका कारण थप ७ जनाको मृत्यु भएको छ ।पछिल्लो २४ घण्टामा थप ७ कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २ हजार १ पुगेको छ ।