२७० जना कोरोना संक्रमित थपिए, ४०३ संक्रमणमुक्त

२७० जना कोरोना संक्रमित थपिए, ४०३ संक्रमणमुक्त
आइतवार, माघ ११, २०७७

काठमाडौं-पछिल्लो २४ घण्टामा नेपालमा २७० जना कोरोना संक्रमित थपिएका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६९ हजार ४५० पुगेको छ । जसमा ३ हजार ३१२ सक्रिय संक्रमित रहेका छन् ।

यस्तै ४०३ जना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ६४ हजार १३७ पुगेको छ ।