पूर्वलडाकुलाई सम्मान गर्ने निर्णयप्रति डा. भट्टराईको टिप्पणी : ‘पोहोर मरिन् सासू, ऐले आयो आँशु’ !

सोमवार, माघ १२, २०७७

काठमाडौँ– पूर्वमाओवादी लडाकुलाई ‘लोकतन्त्र योद्धा’का रूपमा सम्मान गर्ने सरकारले गरेको निर्णयप्रति जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले कडा टिप्पणी गरेका छन् ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सबै जनआन्दोलन तथा जनयुद्धका सहिद तथा प्रभावितका परिवारलाई सम्मान र परिचयपत्र वितरण गर्ने निर्णय गरेको थियो ।

यही निर्णयलाई पूर्वप्रधानमन्त्रीसमेत रहेको डा. भट्टराईले ‘पोहोर मरिन् सासू, ऐले आयो आँशु’ को संज्ञा दिएका हुन्।

उनले के लेखे ?