यस्तो देखियो मुख्यमन्त्री राई र मोडल शेर्पाबीचको विवाहको रौनक, जहाँ कलाकारदेखि प्रधानमन्त्रीसम्म थिए उपस्थित (फोटोफिचर)

यस्तो देखियो मुख्यमन्त्री राई र मोडल शेर्पाबीचको विवाहको रौनक, जहाँ कलाकारदेखि प्रधानमन्त्रीसम्म थिए उपस्थित (फोटोफिचर)
सोमवार, माघ १२, २०७७

काठमाडौँ– प्रदेश १ का मुख्यमन्त्री शेरधन राई र पूर्व मिस मंगोल जाङ्मु शेर्पा आइतबार वैवाहिक बन्धनमा बाँधिएका छन् ।

जातीय पोशाकमा सजिएर उनीहरुले मौलिक परम्पराअनुसार  विवाह गरेका हुन । सीमित व्यक्तिहरुबीच भएको विवाहमा केही आफन्त, कलाकार तथा केही नेताहरुको उपस्थिति रहेको थियो ।

विवाहमा प्रधानमन्त्री केपी शर्मा ओली पनि पुगेका थिए ।

४९ वर्षीय मन्त्री राईले आफूभन्दा आधा उमेरकी संखुवासभाकी २३ वर्षीय शेर्पासँग काठमाडौंको एलिस पार्टी प्यालेसमा विवाह गरेका हुन् ।

ज्याङ्मु र मुख्यमन्त्री राई एक वर्षदेखि प्रेममा रहेको जनाइन्छ

हेरौँ सामाजिक सञ्जालबाट लिइएका केही तस्वीरहरु-