प्रधानमन्त्री ओली आज दाङ जाँदै

प्रधानमन्त्री ओली आज दाङ जाँदै
सोमवार, माघ १२, २०७७

काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओली आज दाङ जाँदै छन् । देउखुरीस्थित राप्ती नदीमा ६ महिनाअघि निर्माण सम्पन्न भएको नेपालको दोस्रो लामो पुल उदघाटन गर्न प्रधानमन्त्री ओली दाङ जान लागेका हुन् ।

राप्ती गाउँपालिकाको सिसहनिया र गढवा गाउँपालिकाको महदेवा जोड्ने राप्ती नदीको पुलको शिलान्यास तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०७३ मंसिर २२ गते शिलान्यास गरेका थिए ।

पुल उदघाटनपछि राप्ती गाउँपालिकाको लालमटियामा आयोजना गरिएको जनसभालाई पनि सम्बोधन गर्ने कार्यक्रम छ । प्रधानमन्त्रीको आगमनलाई लक्षित गरी देउखुरीको सुरक्षा व्यवस्था कडा पारिएको छ ।