घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
सोमवार, माघ १२, २०७७

काठमाडौँ – आज पनि नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । आइतबार प्रतितोला ९२ हजार ६०० रुपैँयामा कारोबार भएको छापवाल सुनको मुल्य आज तोलामा ९२ हजार ४०० सय रुपैँयामा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुनको मुल्य ९१ हजार ९०० रुपैँया कायम भएको छ । यसैगरी चाँदीको मुल्य आज तोलामा १२ सय ६० रूपैयाँ कायम भएको छ ।