अस्पताल बनाउन बागलुङमा स्थानीयबासीले दिए निःशुल्क जग्गा

बागलुङ– बागलुङको काठेखोला गाउँपालिका–७ स्थित रेश स्वास्थ्यचौकीलाई स्तरोन्नति गर्न यहाँका स्थानीयवासीले निःशुल्क जग्गा उपलब्ध गराएका छन् ।
स्वास्थ्यचौकीलाई स्तरोन्नति गरी १५ शय्याको अस्पताल बनाउन जग्गा अभाव भएको भन्दै यहाँका नौ जना स्थानीयवासीले करिब आठ रोपनी जग्गा स्वास्थ्यचौकीको नाममा निःशुल्क नामसारी गरेका छन् ।
आफ्नै गाउँ ठाउँमा अस्पताल बन्न जग्गा अभाव भएपछि यहाँका उहाँहरूले निःशुल्क जग्गा उपलब्ध गराएको काठेखोला गाउँपालिका–७ रेशका वडाध्यक्ष प्रेम लामिछानेले बताए । “गत वर्ष अस्पताल निर्माणका लागि बजेट आए पनि स्वास्थ्यचौकीका नाममा जग्गा नहुँदा बजेट फिर्ता भयो”, लामिछानेले भने, “अहिले स्वास्थ्यचौकीका नाममा मौजुदा जग्गासहित १३ रोपनी जग्गा पुर्याएका छौँ, अब अस्पताल बनाउनका लागि प्रक्रिया अगाडि बढाएका छौँ ।”
अस्पताल बनाउनका लागि स्वास्थ्यचौकी नजिकै रहेको जग्गा स्थानीयवासीले दिएका हुन् । अस्पताल बनाउन विष्णुप्रसाद शर्माले नौ आना, मुरारीप्रसाद शर्माले एक रोपनी पाँच आना, दुर्गाप्रसाद शर्माले एक रोपनी, डण्डपानी शर्माले एक रोपनी चार आना, होमनाथ शर्माले आठ आना, पणनाथ शर्माले छ आना, तिलबहादुर क्षत्रीले एक रोपनी, पवित्रा कार्कीले एक रोपनी दुई आना र खीलानाथ शर्माले १२ आना जग्गा स्वास्थ्यचौकीको नाममा नामसारी गरेका हुन् ।
यसअघि लीलाधर शर्मा, श्यामप्रसाद शर्मा र श्याम शर्मालगायतले पाँच रोपनी जग्गा स्वास्थ्यचौकीका नाममा प्रदान गरिसकेका थिए । जग्गालाई एकीकृत गर्नका लागि स्वास्थ्यचौकीले स्थानीयवासीको सक्रियतामा दुई रोपनी जग्गा खरिदसमेत गरेको छ । आफ्नै गाउँमा सुविधा सम्पन्न अस्पताल बन्ने भएपछि निःशुल्क जग्गा स्वास्थ्यचौकीको नाममा पास गरिदिएको जग्गादाता विष्णुप्रसाद शर्माले बताए ।
रेश स्वास्थ्यचौकी भएको जग्गाको लालपुर्जा नहुँदा अस्पताल निर्माणमा ढिलाइ भएपछि स्थानीयवासीले जग्गा उपलब्ध गराएको वडाध्यक्ष लामिछानेले बताए ।
जग्गादाताले स्वास्थ्यचौकीका नाममा एक हप्ता अगाडि मात्रै जिल्ला मालपोत कार्यालय बागलुङबाट जग्गा नामसारी गरिदिएका थिए । जग्गा स्वास्थ्यचौकीको नाममा आइसकेपछि अस्पताल बनाउनका लागि प्रक्रिया थालिएको र आगामी वर्ष बजेट आउने अपेक्षा गरिएको छ । सरकारले हरेक पालिकामा १५, १० र पाँच शय्याको अस्पताल बनाउने निर्णयानुसार रेशमा अस्पताल बनाउन जग्गा व्यवस्थापन गरिएको हो ।
-
नेपालमा थप ११२ जनामा कोरोना संक्रमण, ८३ जनाको मृत्यु
-
कञ्चनपुरमा छतबाट लडेर एक जनाको मृत्यु
-
अमेरिकामा १ करोड ९३ लाखभन्दा बढी कोरोना संक्रमणमुक्त
-
माछा मार्ने क्रममा करेन्ट लागेर खोटाङमा एक जनाको मृत्यु
-
स्रोत नखुलेको रकमसहित कञ्चनपुरबाट दुई जना पक्राउ
-
म्याग्दीको बेनी नगरपालिकामा मापदण्डविपरीत बगर उत्खनन्
-
बझाङमा विद्यार्थी र शिक्षक एकाएक बिरामी पर्न थालेपछि विद्यालय बन्द
-
सिरहामा कुहिएको अवस्थामा महिलाको शव फेला
-
माछा मार्ने क्रममा करेन्ट लाग्दा एक व्यक्तिको मृत्यु
-
घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?
-
विश्वमै पहिलोपटक अस्ट्रेलियामा गुगल र फेसबुकले समाचार प्रकाशकलाई शुल्क तिर्नुपर्ने कानून पारित
-
भागरथी घटनाको अनुसन्धानमा संलग्न दुई प्रहरी बढुवा, पाँच प्रहरी पुरस्कृत
-
‘बी’ डिभिजन लिगअन्र्तगत आज दुई खेल हुँदै
-
पछिल्लो २४ घण्टामा १० हजार बढिको मृत्यु भएसगैं विश्वभर कोरोना संक्रमणबाट २५ लाखको मृत्यु
-
ट्रकको ठक्करबाट रिक्सा चालकको मृत्यु
-
माध्यामिक शिक्षा (एसईई) परीक्षा केन्द्रस्तरबाटै हुने
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ माघ १५ गते बिहीबार)
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ माघ १४ गते बुधबार)
-
बिहिबार आमहड्ताल, के–के खुल्ने, के–के बन्द ?
-
साउथ इन्डियन फिल्ममा डेब्यु गर्दै स्वस्तिमा !
-
बाहिर जान उपराष्ट्रपतिलाई बन्देज
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ फागुन १ शनिबार)
-
थिर कोइरालासँग विहे गर्दै गायिका अन्जु पन्त
-
आजबाट अस्पतालहरुको ओपीडी शुल्क वृद्धि
-
भीरकट्यामा अड्किएको अनुसन्धानः दुई जनाले खाएका थिए चाउचाउ
-
पशुपति पुग्नासाथ प्रधानमन्त्रीको मन पग्लियो, ठाउँको ठाउँ ३० करोड दिने आदेश
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ माघ २२ विहीबार)
-
सीमा क्षेत्रका ३० नाका खुला
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ माघ २४ शनिबार)
-
जन्मदिनको पार्टीमा यसरी नाचे पूर्वराजा-रानी (भिडियोसहित)