नेकपा (दाहाल–नेपाल समूह)को तेस्रो चरणको आन्दोलन घोषणा

नेकपा (दाहाल–नेपाल समूह)को तेस्रो चरणको आन्दोलन घोषणा
सोमवार, माघ १२, २०७७

काठमाडौं – नेकपाको दाहाल–नेपाल समूहले तेस्रो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।

प्रवक्ता नारायणकाजी श्रेष्ठ नेतृत्वको संघर्ष समितिले पार्टी कार्यालय पेरिसडाँडाँमा पत्रकार सम्मेलन गर्दै माघ १३ देखि २८ गतेसम्मका कार्यक्रम सार्वजनिक गरेको हो ।

घोषित कार्यक्रमअनुसार १३ गते सिठ्ठी जुलुस, १४ गतेदेखि २१ गतेसम्म माइतीघर मण्डलामा धर्ना, १६ गते जुलुससहित शहीदहरुलाई श्रद्धाञ्जलि दिने, २२ गते काठमाडौंमा युवा र्‍याली, २६ गते मशाल जुलुस र २८ गते काठमाडौंमा वृहत विरोध प्रदर्शन लगायत छन् ।