नागरिक एप प्रयोग गर्दा मोबाइल डेटा निःशुल्क गर्ने तयारी

नागरिक एप प्रयोग गर्दा मोबाइल डेटा निःशुल्क गर्ने तयारी
मङ्लबार, माघ १३, २०७७

काठमाडौं । सबै सरकारी सेवालाई मोबाइल एपबाटै उपलब्ध गराउने भन्दै सरकारले माघ २ मा सार्वजनिक गरेको नागरिक एप प्रयोग गर्दा मोबाइल डेटा निःशुल्क गर्ने सरकारले तयारी गरेको खबर कान्तिपुर दैनिकमा छापिएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमार्फत मुख्य दुई टेलिकम सेवा प्रदायक नेपाल टेलिकम र एनसेलसँग डेटा निःशुल्क गर्नेगरी आन्तरिक छलफल भइरहेको बताइएको छ ।