बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
मङ्लबार, माघ १३, २०७७

काठमाडौँ – आज पनि नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ ।

सोमबार ९२ हजार ४०० सय रुपैँयामा कारोबार भएको छापवाल सुनको मुल्य आज ४०० रूपैयाँले बढेको छ । आज छापवाल सुन प्रतितोला ९२ हजार ८०० रूपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुनको मुल्य ९२ हजार ३०० रुपैँया कायम भएको छ । यसैगरी चाँदीको मुल्य आज तोलामा १२ सय ५५ रूपैयाँ कायम भएको छ ।