सर्वोच्चमा प्रधानमन्त्री ओलीविरूद्ध अपहेलना मुद्दा दर्ता

सर्वोच्चमा प्रधानमन्त्री ओलीविरूद्ध अपहेलना मुद्दा दर्ता
मङ्लबार, माघ १३, २०७७

काठमाडौं-सर्वोच्च अदालतमा प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध अपहेलना मुद्दा दर्ता भएको छ।

प्रधानमन्त्री विरुद्ध वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्यले अपहेलनाको मुद्दा सर्वोच्चमा पेश गरेका थिए।

आचार्यले माघ ११ गते पेश गरेको मुद्दा आज सर्वोच्चमा दर्ता भएको हो । त्यस्तै, अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले पनि प्रधानमन्त्रीले विचाराधीन मुद्दामा टिप्पणी गरेको र अधिवक्ताहरूलाई अशिष्ट र अमर्यादित भाषा प्रयोग गरेको भन्दै अपहेलनाको मुद्दा पेश गरेका थिए।

प्रधानमन्त्री ओलीले वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीबारे टिप्पणी गर्दै ‘एकजना बाजे वकिललाई समेत लिएर गएछन् तमासा देखाउन’ भन्ने टिप्पणी गरेका थिए।

ओलीले प्रयोग गरेको शब्द र व्यवहारले अदालत र इजलासको अपहेलना भएकाले उनलाई कारबाही गर्न निवेदनमा भनिएको छ।