थप ३०३ जनामा कोरोना पुष्टि

थप ३०३ जनामा कोरोना पुष्टि
मङ्लबार, माघ १३, २०७७

काठमाडौं-पछिल्लो २४ घण्टामा नेपालमा थप ३०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ३०३ जनामा संक्रमण देखिएको हो ।

योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७० हजार ९२ पुगेको छ । नेपालमा हाल संक्रिय संक्रमितको संख्या ३ हजार २५२ रहेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा नेपालमा २८५ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै हालसम्म २ लाख ६४ हजार ८२३ स‌ंक्रमणमुक्त भएका छन् ।