नेता नेपालले भने– ओलीले चुनाव चिन्ह ‘बयलगाडा’ राखुन्, सूर्य हाम्रो हो

नेता नेपालले भने– ओलीले चुनाव चिन्ह ‘बयलगाडा’ राखुन्, सूर्य हाम्रो हो
मङ्लबार, माघ १३, २०७७

पाँचथर– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष माधव नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘भस्मासुर’को संज्ञा दिएका छन् । पाँचथरको फिदिममा कार्यकर्ता प्रशिक्षणमा उनले ओलीकै कारण देश आक्रन्त भएको आरोप लगाएका हुन् ।

‘केपी ओलीले चुनाव चिन्ह बयलगाडा राखुन् । सूर्य चुनाव चिन्ह हाम्रो हो ।’ नेपालले ओलीलाई कटाक्ष गर्दै भने, ‘उहाँ बा भनेको सुन्न चाहानुहुन्छ, कम्रेड भनेको सुन्न चाहानु हुन्न । लालसलाम उहाँले सुन्न चाहानु हुन्न । सिद्धान्तबाट विचलन भएका छन् ।’

संसद विघटनको कदम असंवैधानिक भएको बताउँदै उनले ओलीको यस कदमविरुद्ध सबै जुट्नु आवश्यक रहेको बताए । उनले ओली जालझेल र षड्यन्त्र रच्न सिपालु रहेको बताए ।