स्काउटको सहकार्यमा ट्राफिक स्वयंसेवक परिचालन

स्काउटको सहकार्यमा ट्राफिक स्वयंसेवक परिचालन
मङ्लबार, माघ १३, २०७७

काठमाडौं-ट्राफिक व्यवस्थापनलाई सहज बनाउने उद्देश्यकासाथ ट्राफिक स्वयंसेवक परिचालन गरिएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखा र नेपाल स्काउटको सहकार्यमा नेपाल स्काउटका सय जना युवाहरुलाई ट्राफिक स्वयंसेवक बनाइ आजदेखि परिचालन गरिएको हो ।

ट्राफिक व्यवस्थापनमा कमजोर तथा अस्तव्यस्त भएका ठाउँहरुमा स्वयंसेवक परिचालन गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले बताए ।

स्वयंसेवकहरुले पैदल यात्रु तथा सवारी चालकहरुलाई ट्राफिक सम्बन्धी जनचेतना फैलाउने भएकाले ट्राफिक व्यवस्थापनमा सहजता आउने उहाँले विश्वास व्यक्त गरे ।

स्वयंसेवकको उपयोगिता र सफलता हेरेर आगामी दिनमा परिचालन बढाउँदै लगिने उनको भनाई छ ।