माउन्ट के टू को सफल आरोहणले देशको गौरव बढाएको छ : प्रधानमन्त्री

माउन्ट के टू को सफल आरोहणले देशको गौरव बढाएको छ : प्रधानमन्त्री
मङ्लबार, माघ १३, २०७७

काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले हिमाल आरोहण गर्न जाँदा सरकारलाई जानकारी गराए सहयोग गर्ने बताएका छन् ।

मंगलबार बिश्वको दोस्रो अग्लो हिमाल माउन्ट के टू को किर्तिमानी आरोहण गरेर स्वदेश फिर्ता भएका निर्मल पूर्जा लगायतका दश नेपाली आरोहीलाई बधाई व्यक्त गर्दै प्रधानमन्त्री ओलीले आगामी दिनमा सरकारलाई औपचारिक जानकारी गराएर हिमाल आरोहण गरेमा सरकारले गच्छे अनुसारको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले माउन्ट के टू को सफलतापूर्वक आरोहण गरेर देशको परिचय र गौरवलाई अझ माथि उठाएको बताएका छन् ।

प्रधानमन्त्री ओलीले आगामी दिनमा हिमालको आरोहण गर्ने आरोहीहरुलाई सरकारको तर्फबाट अवार्ड दिने पनि बताए । अवार्डसहित सम्मान गर्ने व्यवस्था गर्ने उनको भनाई छ ।

दशजनाको समूहको नेपाली आरोहीले माघ ३ गते माउन्ट के टू हिमालको सफल आरोहण गरेको थियो । आरोही टोली मंगलबार नेपाल फर्किएको हो ।