काठमाडौंस्थित भारतीय राजदूतावासले मनायो ७२ औं गणतन्त्र दिवस

काठमाडौंस्थित भारतीय राजदूतावासले मनायो ७२ औं गणतन्त्र दिवस
मङ्लबार, माघ १३, २०७७

काठमाडौं – काठमाडौंस्थित भारतीय राजदूतावासले २०२१ जनवरी २६ तारिखमा भारतको ७२ औं गणतन्त्र दिवस मनाएको छ । गणतन्त्र दिवसमा आयोजित कार्यक्रममा नेपालका लागि भारतका राजदूत विनय मोहन क्वात्राले झण्डोत्तोलन गरी भारतको राष्ट्रिय झण्डा फहराएका थिए ।

कार्यक्रममा राजदूतद्वारा वीर नारी, मृतक सैनिकका श्रीमती र मृतक सैनिकका निकटतम नातेदारलाई ३ करो ६८ लाख रुपैयाँ नगद तथा कम्मल वितरण गरी सम्मान गरिएको थियो । त्यस्तै राजदूतावासले नेपालका ५० पुस्तकालय तथा शैक्षिक संस्थाहरुलाई पुस्तक उपहारस्वरुप प्रदान गरेको थियो ।

कार्यक्रममा नेपालका परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली मुख्य अतिथिका रुपमा सरिक थिए । कार्यक्रममा नेपालका भूतपूर्व सम्माननीय राष्ट्रपति रामवरण यादवले Sampark-India-Nepal Alumni NetworkÚ का साथै www.samparkbharatnepal.com वेबसाइटको शुभारम्भ गरेका थिए ।

कार्यक्रममा भारतमा अध्ययन गरेका नेपालका शीर्ष नेता, अधिकारी, पत्रकार तथा चर्चित व्यक्तित्वहरुको उपस्थिति थियो । भारत र नेपालबीचको जनस्तरको सम्बन्धलाई थप सुदृढ बनाउन उहाँहरुले पु¥याउनुभएको योगदानलाई कदर गर्दै उहाँहरुलाई सम्मान गरिएको थियो ।