प्रतिनिधिसभा विघटनविरुद्ध दाहाल-नेपाल पक्षको सिठ्ठी जुलुस

प्रतिनिधिसभा विघटनविरुद्ध दाहाल-नेपाल पक्षको सिठ्ठी जुलुस
मङ्लबार, माघ १३, २०७७

काठमाडौं-संसद विघटनविरुद्ध नेकपाको दाहाल – नेपाल पक्षले काठमाडौमा सिठ्ठी जुलुस निकालेको छ ।

तेस्रो चरणको आन्दोलन अन्तर्गत आज पहिलो दिन सो पक्षले सिठ्ठी जुलुस निकालेको हो ।

लैनचौरबाट निस्किएको जुलुस असन, इन्द्रचोक हुँदै बसन्तपुर पुगेर सकिएको छ ।