आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ माघ १५ गते बिहीबार)

ज्यो. हरि पन्त
आजको पञ्चांग
आज मिति २०७७ माघ १५ गते बिहीबार, इस्वीसंवत जनवरी २८ तारिक सन् २०२१, श्रीशाके १९४२, नेपाल संवत् ११४१, प्रमादी नामको संवत्सर:, सूर्य पृथ्वीको उत्तरी गोलाद्र्धमा छन् । शिशिर ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार पौषशुक्लपक्ष चलिरहेको छ ।
सौरमान अनुसार आज पौषशुक्लपक्षको पूर्णिमा तिथि रहनेछ । आज तिष्य नक्षत्र, विष्कुम्भादि योगमा प्रीति, करणमा भद्रा, आनन्दादि योगमा शुभ रहनेछ ।
सूर्य मकर राशिमा, चन्द्रमा कर्कट राशिमा रहनेछ । आज दिनमान २६ घटि ५४ पला अर्थात १० घण्टा ४९ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ६ बजेर ५५ मिनेटमा तुरुदेव मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठीक ५ बजेर ३९ मिनेटमा हुनेछ । आज श्रीस्वस्थानी व्रत आरम्भ गर्ने दिन । माघ स्नान र नेपाल नसिंङ दिवस पनि आजै परेको छ ।
आजको राशिफल
मेष : समय खराब रहनेछ । अवसरका लागि दौडधूप गर्नुपर्ला । तत्काल लाभ नभए पनि पछिका लागि काम गर्ने समय छ । कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ। स्वास्थ्य र अर्थका हिसाबले दिन कमजोर रहनेछ । परिस्थितिले अप्ठ्यारा चुनौतीहरूसँग सम्झौता गराउन सक्छ ।
वृष : समय अत्यन्तै शुभ छ । व्यवसायमा लाभ हुनेछ । आयआर्जनका नयाँ स्रोत समेत फेला पर्नेछन्। भौतिक साधन जुट्नाले पनि आम्दानी बढ्ने काम प्रारम्भ हुनेछ । प्रेमको बन्धन कसिनेछ भने अतिथिका रूपमा सत्कार प्राप्त हुनेछ।
मिथुन : समय राम्रो छैन । आवेशको निर्णयले समस्या निम्त्याउने हुँदा व्यवहारमा सजग रहनुपर्ला । अनावश्यक साइनो गाँस्नेहरूसँग सावधान रहनुहोला । नियमित काम सम्पादन भए पनि पारिवारिक मतभेदले व्यवधान निम्त्याउनेछ ।
कर्कट : समय महत्वपूर्ण छ । स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ । पुरुषार्थ देखाएरै समाजमा स्थापित बन्न सकिनेछ । चुनौती पन्छाएर काम बनाउन सकिनेछ । शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा पनि विजयी भइनेछ । व्यापारलगायत आर्थिक लाभ लिने योजना कार्यान्वयन हुनेछन्।
सिंह : समय ज्यादा खराब छ । आत्तिने बानीले काम बिग्रनुका साथै हातमा आएको मौका अरूले फुत्काउन सक्छन् । बोलीको गलत अर्थ लाग्ने समय रहेकाले व्यवहारमा सजग रहनुपर्ला । नयाँ जिम्मेवारी प्राप्त भए पनि उपलब्धिका लागि निकै मिहिनेत गर्नुपर्नेछ ।
कन्या : आज समय शुभ छ । मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ । तारिफयोग्य काम सम्पादन गर्दै मनग्गे धन आर्जन गर्न सकिनेछ । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । थोरै लगानीबाट पनि नाफा उठाउन सकिनेछ । धार्मिक यात्रा हुनेछ ।
तुला : समय मध्यम खालको छ । जिम्मेवारी प्राप्त भए पनि उपलब्धिका लागि भने केही समय लाग्नेछ । सामाजिक काममा रुचि बढ्नेछ । आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ । शक्तिको धाक देखाउनेहरू स्वत: झुक्नेछन् । यात्रामा सतर्क हुनुहोला ।
वृश्चिक : आज समय भरपर्दो छैन । आकस्मिक खर्चले अर्थ अभाव देखापर्न सक्छ । बेलैमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्ला । समय दिन नसक्दा काम बिग्रन सक्छ । लगानी बढाउनुपर्ने बाध्यात्मक परिस्थिति आउन सक्छ । झुटा आरोप लगाउनेहरू सक्रिय हुनेछन् ।
धनु : समय राम्रै रहने छैन । शत्रु पक्ष सबल रहनेछन्, कार्य अवरोधका साथै बोलीमा पनि विकार रहन सक्नेछ । पेट सम्बन्धी समस्या आउन सक्छ, खानपानमा विशेष ध्यान दिनुहोला । सन्तान तथा छोराछोरीसँग पनि मनमुटाव सिर्जना हुने योग रहेको छ ।
मकर : आज पनि स्वास्थ्य राम्रो रहनेछ । सामाजिक कार्यमा मन जानेछ, गृह सुखका साथै कला साहित्यमा अभिरुचि रहने देखिन्छ । पराक्रम बढेर जाने हुनाले जोसिलो काम गर्ने जागर आउनेछ । सानो प्रयत्नले राम्रो काम गरी फाईदा लिन सकिनेछ ।
कुम्भ : दिन तथा समय राम्रा छन् । दिन प्रेमिल रहनेछ, आय बढ्नुका साथै मित्र लाभका योग पनि देखिन्छन् । ईमान्दारितापूर्वक गरिएको प्रयासबाट सकारात्मक नतिजा आउने हुनाले मन प्रशन्न हुनेछ । सरकारी धन तथा पैतृक सम्पतिको प्रयोग मार्फत मनग्य आम्दानी गर्न सकिनेछ ।
मीन : समय खराब नै रहनेछन् । व्ययभार बढ्नेछ, आफन्तमा असमझदारी रहनुका साथै प्रतिकूल परिस्थितिको सामना गर्नुपर्ने देखिन्छ । आफन्त, साथीभाई तथा कुटुम्बसंग मनमुटाव बढ्नेछ । खोज तथा अनुसन्धानमा दिएको समय त्यसै खेर जान सक्छ ध्यान दिनुहोला ।
साइत : आज चन्द्रमा कर्क राशिमा छन् । त्यसैले उत्तर र पश्चिम बाहेक अन्य दिशाको यात्रा शुभ छैन । आज बिहीबार परेकाले दक्षिण दिशाको यात्रा गर्दै नगर्नुहोला । यदि बाध्यता नै छ भने धार्मिक उपाय अपनाएर मात्र यात्रा गर्नुहोला । शुभ बेलामा अमला वा सक्खर खाएर यात्रा प्रारम्भ गर्नुुहोला । साथै पुरुषको नेतृत्वमा उत्तर पूर्व तथा स्त्रीको नेतृत्वमा वायव्य अर्थात उत्तर पश्चिम र ईशान अर्थात उत्तर पूर्व दिशाको यात्रा गर्दा राम्रो हुनेछ । यदि तपाइँ विशेष यात्रा गर्दै हुनुहुन्छ भने शुभ दिशामा मात्रै गर्नुपर्दछ ।
आजको शुभ लाभादि बेला
बिहान ६:५२ बजेदेखि ८:१३ बजेसम्म शुभ बेला
बिहान ८:१३ बजेदेखि ९:३४ बजेसम्म रोग बेला
बिहान ९:३४ बजेदेखि १०:५५ बजेसम्म उद्धेग बेला
बिहान १०:५५ बजेदेखि १२:१६ बजेसम्म चर बेला
बिहान १२:१६ बजेदेखि १:३८ बजेसम्म लाभ बेला
दिनमा १:३८ बजेदेखि २:५९ बजेसम्म अमृत बेला
दिनमा २:५९ बजेदेखि ४:२० बजेसम्म काल बेला
दिउँसो ४:२० बजेदेखि ५:४१ बजेसम्म शुभ बेला
यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।
राहुकाल समय : दिनमा १:३० देखि ३:०० बजेसम्म राहुकाल समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।
(नोट : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७:४२ उत्तर तथा देशान्तर ८५:१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ ।)
-
आधिकारिक र वैधानिक नेकपा हामी नै हौँ : प्रचण्ड
-
देउवाले भने– म प्रधानमन्त्रीको रेसमा छैन
-
अविश्वासको प्रस्ताव सामना गर्ने नेकपा ओली पक्षीय संसदीय दलको निर्णय
-
मेलम्चीको पानी सुन्दरीजलमा आएपछि प्रधानमन्त्रीले भने– यस्तो बेलामा हो लड्डु खाने
-
काठमाडौँ आइपुग्यो मेलम्चीको पानी
-
ओली समूहको संसदीय दलको बैठक बस्दै
-
काठमाडौँ उपत्यकालगायत देशका पहाडी भूभागमा सामान्य वर्षा
-
नेपालगञ्जमा जारी प्रधानमन्त्री कप महिला भलिबलमा आज दुई खेल हुँदै
-
महाशिवरात्रिका लागि पशुपति क्षेत्रमा ११ समिति सक्रिय
-
विश्वभर ९ करोड २२ लाखभन्दा बढी कोरोना संक्रमणमुक्त
-
इंग्ल्याण्डविरूद्धको चौथो टेष्टमा भारतलाई झिनो अग्रता
-
भारतमा थप १८ हजार २९२ जनामा कोरोना संक्रमण
-
मेलम्चीको पानी आज काठमाडौं उपत्यकामा झर्दै
-
प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न गृहकार्य
-
आज २०७७ फागुन २२ गते शनिबार, यस्तो छ आजको राशिफल
-
माध्यामिक शिक्षा (एसईई) परीक्षा केन्द्रस्तरबाटै हुने
-
साउथ इन्डियन फिल्ममा डेब्यु गर्दै स्वस्तिमा !
-
नेकपा कसको ? सर्वोच्चले फागुन २० गते निर्णय सुनाउने
-
बाहिर जान उपराष्ट्रपतिलाई बन्देज
-
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ फागुन १ शनिबार)
-
आजबाट अस्पतालहरुको ओपीडी शुल्क वृद्धि
-
खुट्टाको छाला फुटेर हैरान हुनुहुन्छ ? यस्ता छन् घरेलु उपचार विधि
-
भीरकट्यामा अड्किएको अनुसन्धानः दुई जनाले खाएका थिए चाउचाउ
-
भागरथी घटनाको अनुसन्धानमा संलग्न दुई प्रहरी बढुवा, पाँच प्रहरी पुरस्कृत
-
जन्मदिनको पार्टीमा यसरी नाचे पूर्वराजा-रानी (भिडियोसहित)
-
प्रधानमन्त्री ओलीका दुई रणनीति
-
शौच गर्न निस्केकी बालिकालाई अपहरण गरी बलात्कार
-
कालिज फर्ममा चितुवा आतंकः सयबढी कालिज नष्ट
-
भागरथी हत्या प्रकरणमा पक्राउ परेका किशोरले बयानका क्रममा बलात्कार गरेको स्वीकारे
-
सरकार र विप्लव समूहबीचको वार्ता सकारात्मक
-
आधिकारिक र वैधानिक नेकपा हामी नै हौँ : प्रचण्ड
-
देउवाले भने– म प्रधानमन्त्रीको रेसमा छैन
-
अविश्वासको प्रस्ताव सामना गर्ने नेकपा ओली पक्षीय संसदीय दलको निर्णय
-
मेलम्चीको पानी सुन्दरीजलमा आएपछि प्रधानमन्त्रीले भने– यस्तो बेलामा हो लड्डु खाने
-
काठमाडौँ आइपुग्यो मेलम्चीको पानी
-
ओली समूहको संसदीय दलको बैठक बस्दै
-
काठमाडौँ उपत्यकालगायत देशका पहाडी भूभागमा सामान्य वर्षा
-
नेपालगञ्जमा जारी प्रधानमन्त्री कप महिला भलिबलमा आज दुई खेल हुँदै
-
महाशिवरात्रिका लागि पशुपति क्षेत्रमा ११ समिति सक्रिय
-
विश्वभर ९ करोड २२ लाखभन्दा बढी कोरोना संक्रमणमुक्त
-
इंग्ल्याण्डविरूद्धको चौथो टेष्टमा भारतलाई झिनो अग्रता
-
भारतमा थप १८ हजार २९२ जनामा कोरोना संक्रमण
-
मेलम्चीको पानी आज काठमाडौं उपत्यकामा झर्दै
-
प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न गृहकार्य
-
आज २०७७ फागुन २२ गते शनिबार, यस्तो छ आजको राशिफल