Wed Dec 7 2022
अन्तर्राष्ट्रिय

म्यानमारका सेनाविरुद्ध कदम चाल्ने अमेरिकाको चेतावनी

काठमाडौँ– अमेरिकी राष्ट्रपति जो बाइडनले म्यानमारको सेनाविरुद्ध कदम चाल्ने धम्की दिएका छन् ।

म्यानमारको सेनाले सोमबार शासन सत्ता हातमा लिँदै नेतृ आङ सान सुकी, राष्ट्रपति विनमिन्टलगायतका नेताहरुलाई हिरासतमा राखेर एक वर्ष संकटकालको घोषणा गरेसँगै विश्व समुदायबाट यसको निन्दा गरिएको छ ।

अमेरिकी राष्ट्रपतिले म्यानमारको सेनाको सो कदमको कडा शब्दमा विरोध जनाएका छन् । उनले म्यानमारको सत्ता तत्काल छोड्न सेनालाई भनेका छन् । अन्यथा ‘उचित कदम’ चाल्ने बाइडनले चेतावनी दिएका छन् ।

म्यानमारमा भएको सैनिक ‘कू’को विश्वभरबाट विरोध भइरहेको छ ।

यसैबीच म्यानमारमा भएको ‘सैनिक कू’बारे छलफल गर्न आज संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को आपतकालीन बैठक बस्ने भएको छ।

म्यानमारमा प्रजातन्त्र फिर्ता गर्ने अमेरिकाको मागमा युरोपेली संघ, जापान र भारतले पनि समर्थन जनाएका छन्।