Mon Nov 28 2022
मुख्य खबर

नेकपा अध्यक्ष दाहालविरुद्धकाे अवहेलना मुद्दा आज सुनुवाइ हुँदै

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वाेच्च अदालतमा दर्ता भएकाे अदालतकाे अवहेलना मुद्दा आज (मंगलबार) सुनुवाइ हुँदैछ।

प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दालाई प्रचण्डले प्रभावित पार्न खोजेको भन्दै समीर हायुले रिट दायर गरेका हुन्।

प्रतिनिधि सभा विघटनसम्बन्धी सर्वोच्च अदालतमा विचाराधीन मुद्दालाई प्रचण्डले प्रभावित पार्न खोजेको, स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिकाको मान्यता र संवैधानिक एवं कानुनी व्यवस्था प्रतिकूल भएको दावी गर्दै उनले अदालतको अवहेलना मुद्दामा निवेदन दायर गरेका थिए।