Wed Dec 7 2022
मुख्य खबर

सङ्कटकाल एक महिना लम्ब्याउने जापानको तयारी

एजेन्सी – जापानमा लागू गरिएको संकटकाल एक महिना थप्ने तयारी भएको छ । कोरोनाभाइरसको महामारी फैलिँदै गएकाले जापानमा संकटकाल लगाइएको थियो ।

महामारी अहिले पनि नियन्त्रणमा नआएकाले फेरि लम्ब्याउने तयारी भएको अधिकारीहरूले जनाएका छन् । राजधानी टोकियोसहित महत्वपूर्ण ११ सहरी क्षेत्रमा आगामी मार्च ७ सम्म संकटकाल लम्ब्याउने तयारी भएको उनीहरूको भनाइ छ ।

जापानका प्रधानमन्त्री योशिहिडे सुगाले यही जनवरी ७ तारिखमा कोरोना संकटकाल घोषणा गरेका थिए । अहिले लागू गरिएको संकटलकाल आगामी फेब्रुअरी ७ तारिखमा सकिन लागेकाले प्रधानमन्त्री सुगाले संकटकाल लम्ब्याउने कि नलम्ब्याउने भन्नेबारे मंगलबार विज्ञहरूसँग परामर्श गर्दैछन् ।