Thu Dec 1 2022
मुख्य खबर

एक सातामा १ लाख २८ हजार बढी नेपालीले लगाए कोरोना विरुद्धको खोप

काठमाडौँ– नेपालमा मंगलबारसम्म कुल १ लाख २८ हजार ६५० जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।

स्वास्थ्य मन्त्रालयले विज्ञप्ति जारी गर्दै एक साताको अवधिमा सो संख्यामा कोरोना विरुद्धको खोप लगाइएको जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार अनुसार २०१ वटा खोप बुथबाट ७७ जिल्लामा १ लाख २८ हजार ६५० जनाले कोरोना विरुद्धको भ्याक्सिन लगाएका हुन् ।

मन्त्रालयद्वारा जारी विज्ञप्ति यस्तो छ–