Mon Nov 28 2022
मुख्य खबर

चन्द्रमा कन्या राशिमा, दक्षिण र पूर्व दिशाको यात्रा शुभ रहला

आज चन्द्रमा कन्या राशिमा छन् । त्यसैले दक्षिण र पूर्व बाहेक अन्य दिशाको यात्रा शुभ छैन । आज बुधबार परेकाले उत्तर दिशाको यात्रा गर्दै नगर्नुहोला । यदि बाध्यता नै छ भने धार्मिक उपाय अपनाएर मात्र यात्रा गर्नुहोला ।

शुभ बेलामा अमला वा सक्खर खाएर यात्रा प्रारम्भ गर्नुुहोला । साथै पुरुषको नेतृत्वमा उत्तर पूर्व तथा स्त्रीको नेतृत्वमा वायव्य अर्थात उत्तर पश्चिम र ईशान अर्थात उत्तर पूर्व दिशाको यात्रा गर्दा राम्रो हुनेछ । यदि तपाइँ विशेष यात्रा गर्दै हुनुहुन्छ भने शुभ दिशामा मात्रै गर्नुपर्दछ ।

आजको शुभ लाभादि बेला

बिहान ६:५२ बजेदेखि ८:१३ बजेसम्म लाभ बेला
बिहान ८:१३ बजेदेखि ९:३४ बजेसम्म अमृत बेला
बिहान ९:३४ बजेदेखि १०:५५ बजेसम्म काल बेला
बिहान १०:५५ बजेदेखि १२:१६ बजेसम्म शुभ बेला
बिहान १२:१६ बजेदेखि १:३८ बजेसम्म रोग बेला
दिनमा १:३८ बजेदेखि २:५९ बजेसम्म उद्धेग बेला
दिनमा २:५९ बजेदेखि ४:२० बजेसम्म चर बेला
दिउँसो ४:२० बजेदेखि ५:४१ बजेसम्म लाभ बेला

यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समय : दिनमा १२:०० देखि १:३० बजेसम्म राहुकाल समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।