Sun Nov 27 2022
मुख्य खबर

उपराष्ट्रपति र सभामुखले गरे शपथ ग्रहण समारोह बहिष्कार

काठमाडौँ – नेकपा विभाजनको असर संवैधानिक निकायका पदाधिकारीहरूको शपथ समारोहमा पनि देखिएको छ ।

तत्कालीन माओवादीबाट प्रतिनिधित्व गर्दै उपराष्ट्रपति बनेका नन्दबहादुर पुन र सभामुख अग्नि सापकोटाले संवैधानिक परिषदका पदाधिकारीको शपथग्रहण समारोह बहिष्कार गरेका छन् ।

आज बिहान राष्ट्रपति भवन शीतलनिवासमा आयोजित शपथग्रहण समारोहमा उपराष्ट्रपति पुन र सभाभुख सापकोटा सहभागी नभएका हुन् ।

‘हामीले खबर गर्नु पर्ने सबैलाई गरेका हौँ, तर उहाँहरू किन आउनु भएन थाहा भएन,’ राष्ट्रपति कार्यालय शितल निवास स्रोतले भन्यो ।

गत मंसिर ३० प्रधानमन्त्री केपी शर्मा ओलीले कायम रहेका सदस्य संख्याको बहुमतले निर्णय गर्न सक्ने संवैधानिक परिषद सम्बन्धि अध्यादेश ल्याउँदै विभिन्न संवैधानिक निकायमा नियुक्ति सिफारिस गरेका थिए ।

प्रतिनिधिसभा विघटन भएपछि ती पदाधिकारीले संसदीय सुनुवाइबिनै आज शपथग्रहण गरेका हुन् ।